‘फूलहरूको लगाव फूल जस्तो छैन’

फूलहरूको लगाव फूल जस्तो छैन ।
प्रेमीहरूको स्वभाव फूल जस्तो छैन ।
मलाई प्रस्ताव राख्न फूल चुँडेर आयौ
प्रिया तिम्रो प्रस्ताव फूल जस्तो छैन ।
साथीलाई दिएर प्रस्ताव राख्न हुन्थ्यो ।
के गरौँ यो सराब फूल जस्तो छैन।
कयौँ साँटिन्छन दिलहरू कयौँ फूलहरू
प्रणय दिनको हिसाब फूल जस्तो छैन ।
फूल जस्तो भए तिमीमै सजाउन हुन्थ्यो ।
गुलाफ तिम्रो नकाब फूल जस्तो छैन ।
सधैँ अरुकै लागि फुल्ने अरुकै लागि चुँडिने ।
अचेल मेरा, रहरको ख्वाब फूल जस्तो छैन।