‘डोजो’ संघ रामेछापको अध्यक्षमा इन्द्र रजान मगर

२ फागुन, रामेछाप । अन्तर्राष्ट्रिय वाडो महासंघ नेपाल (आई.ब्लु.एफ.एन/ Iwfn Dojo एवं डोजो) संघ रामेछाप गठन गरिएको छ । दोरम्बा शैुलुङ गाउँपालिकाका खेलाडीहरूलाई समेटेर जिल्ला समिति गठन गरिएको संघको केन्द्रीय सदस्य ज्ञानबहादुर थापा मगरले रामेछाप टाइम्सलाई जानकारी दिए ।
२०७४ साल देखि तदर्थ समिति गठन गरी सञ्चालन भइरहेको (डोजो) को गएको मंगलबार केन्द्रीय महासचिव तथा प्रतिनिधि बुद्धराज नेगी र सदस्य थापा मगरसहितको उपस्थितिमा ६ सदस्य जिल्ला समिति गठन गरिएको केन्द्रीय सदस्य एवं दोरम्बा शैलुङ् गाउँपालिका–५ गुन्सालका थापा मगरले जानकारी दिए ।
संघको जिल्ला अध्यक्षमा इन्द्र रजान मगर चयन भएका छन् भने, दोरम्बा शैलुङ गाउँपालिका–१ डडुवाका उत्तम थामी उपाध्यक्षमा बनेका छन् । त्यस्तै सचिवमा दोरम्बा शैलुङ– ५ गुन्सालका मिलन खपाङगी मगर, सोही ठाउँकी रेखा मोक्तान सह–सचिव निर्विरोध चयन भएकी हुन् ।
कोषाध्यक्षमा दोरम्बा शैलुङ्–६ रिट्ठेकी रश्मि श्रेष्ठ र सदस्यमा अनिल थापामगर, शर्मिला मोक्तान (५ गुन्साल), करुणा नेपाली, सपना दास (६), डेन्सन सिन्जाली मगर (२) र सुजिता तामाङ (६) चयन भएको केन्द्रीय सदस्य थापा मगरले बताए ।
कराते विधाका यी खेलाडीहरूलाई उनीहरूको क्षमता र अधिकारको बारेमा एक बनेर अगाडि बढ्नको लागि संघ गठन गरिएको उनको भनाई छ ।