रामेछाप नगरपालिकाले ल्यायो ६३ करोड १९ लाख  बजेट (तथ्याङ्कसहित)

| असार १०, २०७८ बिहिबार

फाइल फोटो
A A A
A A A

१० असार, रामेछाप । रामेछाप जिल्लाको रामेछाप नगरपालिकाले कूल आगामी आर्थिक वर्ष २०७८÷७९ को लागि ६३ करोड १९ लाख ४४ हजार ६ सय ६५ रुपैंया ५२ पैसा बजेट विनियोजन् गरेको छ ।

 

"कृषि, पर्यटन, खानेपानी हाम्रो पुर्वाधार, रामेछाप नगर विकासको दिगो आधार" भन्ने मूल नाराका साथ रामेछाप नगरपालिकाको प्रथम सभाले लिएको लक्ष्यलाई आत्म साथ गर्दै बिहिबार सार्वजनिक गरिएको आगामी आर्थिक वर्षको बजेटमा सञ्चित कोष तर्फ संघीय सरकारबाट प्राप्त हुने वित्तिय समानीकरण अनुदान १५ करोड ४१ लाख, सशर्त अनुदान चालु २४ करोड ५१ लाख, सशर्त अनुदान पुँजिगत १ करोड ३८ लाख, विशेष अनुदान पुँजिगत १ करोड २५ लाख, समपुरक अनुदान पुँजिगत ७२ लाख, बागमती प्रदेश सरकारबाट प्राप्त हुने वित्तिय समानीकरण अनुदान १ करोड ३४ लाख ९९ हजार, सशर्त अनुदान चालु २५ लाख ५४ हजार, सशर्त अनुदान पुँजिगत १ करोड ८० लाख ७५ हजार, समपुरक अुनदान पुँजीगत ३ करोड, संघिय सरकार तथा बागमती प्रदेश सरकारबाट राजश्व बाँडफाँड वापत प्राप्त हुने १२ करोड ९४ लाख ३६ हजार ६ सय ६५ रुपैंया ५२ पैसा र नगरपालिकाको विभिन्न शिषर्कबाट प्राप्ट हुने आन्तरिक आयबाट प्राप्त हुने ५६ लाख ७० हजार बजेट समावेश गरिएको हो । 

 


त्यस्तै नगरले चालु तर्फ ३१ करोड १३ लाख १८ हजार ३ सय ३४ रुपैया ४८ पैसा, वडा कार्यालय तर्फ ८९ लाख ५५ हजार, विषयगत शाखा तर्फ ३ करोड ७८ लाख २५ हजार, र पुँजिगत तर्फ नगरकार्यपालिका २१ करोड ३१ लाख १० हजार ६ सय पैसठ्ठि रुपैया ५२ पैसा, वडा कार्यालय तर्फ ५ करोड ७८ लाख ३५ हजार ६ सय ६५ रुपैंया ५२ पैसा, विषयगत शाखा तर्फ २९ लाख विनियोजन गरिएको छ । 

 


आर्थिक वर्ष २०७८÷०७९ का लागि चालु ३५ करोड ८० लाख ९८ हजार ३ सय ३४ रुपैंया ४८ पैसा र पुँजिगत २७ करोड ३८ लाख ४६ हजार ३ सय ३१ रुपैंया ४ पैसा गरी कुल जम्मा ६३ करोड १९ लाख ४४ हजार ६ सय ६५ रुपैंया ५२ पैसा व्यय हुने अनुमान गरी सन्तुलित बजेट नगरपालिकाकी उपप्रमुख सृजना खड्काले प्रस्तुत गरेकी हुन् । 
 

रामेछाप टाइम्स
| साउन २७, २०७८ बुधबार