रास्वपाले उमाकुण्डमा वडा समिति विस्तार सुरु गर्‍यो, गुम्देलको सभापति ङिमा वाङछु शेर्पा

| फागुन ७, २०८१ बुधबार

A A A
A A A

७ फागुन, रामेछाप । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उमाकुण्ड गाउँपालिकाको वडा नं १ गुम्देलमा ङिमा वाङछु शेर्पाको सभापतित्वमा ८ सदस्यीय वडा समिति गठन गरेको छ । रास्वपाले गुम्देलमा समिति गठन गरेर लाच्छेवर सम्म पैदल यात्रा समेत गर्न लागेको बुझिएको छ । 

 

आज बुधवार देखि पालिकाको सबै वडाहरूमा समिति गठन गर्ने गरी थलिएको सो अवसरमा जिल्ला सभापति रमेश रायमाझीसहितका जिल्लाका नेताहरू र पालिका सभापति नवराज बस्नेत समेत गुम्देलमा पुगेका छन् । 

 

पहिलो पटक वडा समिति विस्तार गरेको रास्वपाले गुम्देलमा कान्छा शेर्पालाई उपसभापति बनाएको छ । 

 

त्यस्तै, जगतबहादुर कार्कीलाई सचिव चयन गरेको रास्वपा रामेछापले जनाएको छ । अन्य राजनीतिक दलको जिम्मेवारमा नरहेका तर आस्थावन केही स्थानीयरुलाई सदस्यमा राखेको देखिएको छ । जसअनुसार हरिराम बस्नेत, रिन्जी शेर्पा, अनिल लामिछाने, यज्ञ कुमारी भुजेल, सन्त कुमारी बि क, लीला कुमार कार्की, श्याम बस्नेत, र वाङ्छु शेर्पा वडा समिति सदस्य बनेका छन् । 

 

भोलिदेखि वडा नं २ बाम्तिभण्डारमा समिति विस्तार गर्दै आउँदो  १३ गते भुजीमा वडा समिति विस्तार गर्ने तयारी रहेको रास्वपा रामेछापले भनेको हो ।