खाँडादेवी राकाथुमको सुख्खा झाडीसहितको जंगलमा आगो लाग्यो, नियन्त्रण बाहिर

| फागुन ९, २०८१ शुक्रबार

A A A
A A A

९ फागुन, रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका वडा नं १ राकाथुमको बेलपोखरी मुनीको जंगलमा भीषण आगोलागि भएको छ । आयो नियन्त्रण बाहिर गएको रामेछाप टाइम्सलाई जानकारी प्राप्त भएको हो । 

 

शुक्रवार (आज) दिउँसो करिब १ बजेको समयमा राकाथुमको बेलपोखरी मुनीको भिरालो सुख्खा झाडी रहेको पाखोमा डढेलो दन्किएको सो वडाका अध्यक्ष रामकुमार श्रेष्ठले बताए । 

 

करिब १ बजेतिर बाख्रा चलाउनेहरूले देखेपछि मलाई खबर गरे हामी जाँदै छ । तर, नियन्त्रण बाहिर छ । सुख्खा झाडीमा आगो सल्किएकाले निभाउन सकिँदैन । बेस्सरी हावा पनि चलेको छ’ वडा अध्यक्ष श्रेष्ठले रामेछाप टाइम्ससंग भने । 

 

आफूहरू आगो लागेको स्थान तर्फ गइरहेको उनको भनाई छ । अहिले स्थानीयहरूसहित प्रहरीलाई पनि खबर गरेको उनले बताए ।  आगो कसले लगाएको भन्नेमा केही खुलेको छैन । 

 

दुई दिन अगाडि मात्रै डिभिजन वन कार्यालयले रामेछापले डढेलो नियन्त्रण गर्न भन्दै स्थानीय तहका जनप्रतिनिधिसहित मन्थलीमा अन्तरक्रिया कार्यक्रम गरेको थियो । तर, सरोकारवालाहरूले भने वन कार्यालयले गरेको अन्तरक्रिया डढेलो नियन्त्रणमा चुकेको भन्दै चर्को आलोचना गरेका थिए । 

रामेछाप टाइम्स
| फागुन १५, २०८१ शुक्रबार
रामेछाप टाइम्स
| फागुन १५, २०८१ बिहिबार