महाकुम्भ स्नान गर्न गएका रामेछापको चिसापानीका एक युवाको डुबेर ज्यान गयो

१४ फागुन, रामेछाप । भारत स्थित महाकुम्भ मेलामा दर्शनमा गएका रामेछाप मन्थलीका एक युवाको ज्यान गएको छ ।
मन्थली नगरपालिका वडा नं ८ चिसापानी घर भएका अन्दाजी २७ वर्षीय राजेश श्रेष्ठको बनारस स्थित कासिमा बुधवार मृत्यु खबर आएको पारिवारिक स्रोतले जनाएको छ ।
उनी साथीहरूसँग गएको फागुन ९ गते १ सय ४४ वर्षमा परेको महाकुम्भ मेला दर्शन गर्न भनी गएका थिए । महाकुम्भ मेलाबाट भारतको बनारस स्थित काशी गई नदीमा स्नान गर्ने क्रममा नदीमा डुबेर उनको मृत्यु भएको बुझिएको छ ।
नदीमा डुबेका उनको उपचारका लागि घटनास्थल नजिकको एक अस्पतालमा लगिएको र अस्पतालका चिकित्सकले उनलाई मृतक घोषणा गरेको जानकारी प्राप्त भएको छ ।