स्ववियु निर्वाचन आफ्नो पक्षमा पार्न नेविसंघ रामेछापले निर्वाचन परिचालनसहित ४ समिति गठन गर्‍यो

| फागुन २५, २०८१ आइतबार

A A A
A A A

२५ फागुन, रामेछाप । नेपाल विद्यार्थी संगठन (नेविसंघ) रामेछापले (स्ववियु) निर्वाचन आफ्नो पक्षमा पार्नेको लागि प्रचार प्रसार समितिसहित चार समिति गठन गरेको छ । आइतबार नेविसंघ जिल्ला अध्यक्ष विनोद बुढाथोकीको अध्यक्षतामा बसेको बैठकले उपसभापति विमल पौडेलको संयोजकत्वमा दुई सदस्यीय प्रचारप्रसार समिति गठन गरेको अध्यक्ष बुढाथोकीले जानकारी दिए । 

 

उनका अनुसार छाया तामाङ र दिनेश भट्टराई सदस्य रहेको निर्वाचन परिचालन समिति गठन गरेको हो । त्यस्तै, अर्का उपसभापति युवराज सुवेदीलाई संयोजक बनाएर नेविसंघले निर्वाचन व्यवस्थापन समिति गठन गरेको छ । जसमा सङ्गीता श्रेष्ठ र जीवन तामाङ सदस्य रहेका छन् । 

 

नेविसंघको तर्फबाट हाल मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियु सभापति समेत रहेका अविनाश कार्कीलाई प्रचारप्रसारको जिम्मेवारी दिँदै नेतृ मनीषा काफ्ले र कर्ण श्रेष्ठलाई सो समितिको सदस्यको जिम्मेवारी दिएको छ । 

 

त्यस्तै, रेजन बुढाथोकीको संयोजकत्वमा तीन सदस्यीय मत सर्वेक्षण समिति गठन गरेको नेविसंघ अध्यक्ष बुढाथोकीले बताए । सङ्गठनको तर्फबाट क्याम्पस स्ववियु सभापतिको दाबेदार समेत दाबी गर्दै आएका विपुल रोका र युवराज बुढाथोकी सहित इन्द्र श्रेष्ठ सदस्य रहेको मत सर्वेक्षण समिति गठन गर्दै यो पटक पनि जिल्लाको एक मात्रै स्ववियु निर्वाचन हुने मन्थली सहिद स्मृति बहुमुखी क्याम्पको नेतृत्व आफ्नो पक्षमा पार्न नेविसंघ एक ढिक्का भएर लागेको नेताहरूले बताएका हुन् । 

 

यस अगाडि नै मातृ पार्टी नेपाली काँग्रेसले समेत युवा नेता कमान खड्का (दीपेन्द्र) को नेतृत्वमा स्ववियु निर्वाचन लक्षित टिम तयार पारेकाले निर्वाचन आफूहरूको पक्षमा सहज रहेको नेविसंघका नेताहरूको जिकिर छ ।  यस अगाडि नेविसंघले अखिल (क्रान्तिक्रारी) संग मिलेर क्याम्पसको स्ववियुको नेतृत्व आफ्नो पक्षमा पारेको थियो ।