काठमाडौँबाट मन्थली बास बसेर लुक्ला उड्यो तारा एयरलाइन्स, नियमित उडान चैत्र ९ गतेदेखि

| फागुन २९, २०८१ बिहिबार

A A A
A A A

२९ फागुन, रामेछाप । हिजो अपराह्न काठमाडौँबाट लुक्लाको लागि उडान भरेको तारा एयरको जहाज रामेछाप बास बसेर सोलुखुम्बुको लुक्ला तर्फ उडान भरेको छ । बुधवार काठमाडौँबाट लुक्ला उडान गरे पश्चात् लुक्लाको मौसम खराब भएपछि रामेछाप विमानस्थल मन्थलीमा सुरक्षित अवतरण गरेको तारा एयरलाइन्सको विमानले बिहीबार (आज) बिहानै १५ जना यात्रु बोकेर लुक्ला उडेको रामेछाप विमानस्थलले रामेछाप टाइम्सलाई जानकारी दिएको हो । 

 

‘हिजो काठमाडौँबाट लुक्लाको लागि उडेको जहाज यहाँ अवतरण गरेको थियो । आज लुक्लाको मौसम खुलेपछि बिहानै उडेको हो’, रामेछाप विमानस्थलका निमित्त प्रमुख प्रज्जवल गुरागाईँले रामेछाप टाइम्ससंग भने ।

 

मौसमी उडान हुँदै आएको रामेछाप विमानस्थलबाट हुने नियमित उडान भने आउँदो चैत्र ८ गते (मार्च २१) देखि सुरु हुने तयारी भइरहेको निमित्त प्रमुख गुरागाईँले बताए । ‘यो सिजनको उडान मार्च २१ तारिक देखि उडान गर्न एयरलाइन्सहरूले सेडूल मिलाएका छन् ।’ 

 

तारा, सिता, समिट एयरलाइन्सले बिपी राजमार्ग हुँदै गाडीमा मन्थली सम्म यात्रु ल्याएर यहाँबाट भने लुक्ला उडान गर्ने गरेका छन् । नियमित उडानको बेलामा भने रामेछाप विमानस्थल निकै व्यवस्था हुन्छ । यहाँबाट दैनिक ५० बढी उडान हुने गरेको छ । 

 

साथै, स्थानीयहरूको अत्यधिक मागको बिच मन्थली–काठमाडौँ समेत उडान हुने यस अगाडि भएको थियो । यात्रु सङ्ख्या हेरेर हप्तामा दुई देखि ३ वटा सम्म मन्थली–काठमाडौँ उडान भएका थिए । लुक्ला–मन्थली उडान रोकिएसँगै मन्थली–काठमाडौँ उडान पनि बन्द भएको थियो । 

 

सगरमाथाको आरोहणको लागि आउने पर्यटकहरूलाई सोलुखुम्बुको लुक्ला पुर्‍याउन सुरु भएपछि मन्थली–काठमाडौँ पनि स्थानीय यात्रुहरूलाई पुर्‍याउने या नपुराउने भन्ने निश्चित भएको छैन । 

मिलन घिमिरे (बि क)
| फागुन १३, २०८१ मंगलबार