मन्थली क्याम्पसमा भएको स्ववियु निर्वाचनमा ८०.५ प्रतिशत मत खस्यो, केही बेरमा गणना सुरु

| चैत ४, २०८१ मंगलबार

A A A
A A A

५ चैत, रामेछाप । आज मंगलबार सम्पन्न मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा ४ सय २७ अर्थात् ८०.५ प्रतिशत मत खसेको छ । कूल ५ सय ३१ मत रहेको मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसको निर्वाचनमा शान्तिपूर्ण रूपमा मतदान सकिएको हो ।

 

नेपाली काँग्रेस निकट विद्यार्थी संगठन (नेविसंघ), नेकपा एमाले निकट (अनेरास्ववियु) र नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) का छुट्टा–छुट्टै उम्मेदवार चुनावी मैदानमा प्रतिस्पर्धा रहेको यो निर्वाचनमा शान्ति पूर्ण रूपमा सम्पन्न भएको हो ।अबको केही समयमा मत गणना सुरु हन लागेको क्याम्पस निर्वाचन समितिले रामेछाप टाइम्सलाई बताएको छ । 

सो निर्वाचनमा नेविसंघबाट विपुल रोका, अनेरास्ववियुबाट सुशील थापा र अखिल (क्रान्तिकारी) बाट अनोज भुजेल सभापतिको उम्मेदवार रहेका छन् । 

 

अहिले सर्वदलीय बैठक बस्ने तयारी भइरहेको छ ।  जिल्लाको एक मात्रै स्ववियु निर्वाचन हुने यो क्याम्पसको निर्वाचनको हारजितलाई राजनीतिक दलका नेताकार्यकर्ताहरुले नै प्रतिष्ठाको विषय बनाएका छन् । 

 

मिलन घिमिरे (बि क)
| चैत ५, २०८२ बिहिबार
मिलन घिमिरे (बि क)
| फागुन २६, २०८२ मंगलबार
मिलन घिमिरे (बि क)
| फागुन २४, २०८२ आइतबार