स्थानीय तहका कर्मचारीलाई जिल्ला समन्वय रामेछापले दियो सार्वजनिक खरिद सम्बन्धी आधारभूत तालिम

| चैत ७, २०८१ शुक्रबार

A A A
A A A

८ चैत, रामेछाप । जिल्ला समन्वय समिति रामेछापले स्थानीय तहका कर्मचारीहरूलाई सार्वजनिक खरिद सम्बन्धी दुई दिने आधारभूत तालिम दिएको छ । यो तालिमले स्थानीय तहमा कार्यरत कर्मचारीहरूलाई निकै उपलब्धि एवं सहयोग पुगेको आयोजकले दाबी गरेको छ । 

 

बुधवार र बिहीबार जिल्ला समन्वय समितिको सभा हलमा भएको तालिममा जिल्ला भित्रका आठ वटै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, याेजना शाखा प्रमुख, आर्थिक प्रशासन शाखा प्रमुख र जिन्सी शाखा प्रमुख जिन्सी शाखाका कर्मचारीहरूले सार्वजनिक खरिद सम्बन्धी ऐन, कानूनमा आधारित भएर खरिद कसरी गर्ने भन्ने विषयमा छलफल, अन्तरक्रियामा आधारित रहेर प्रशिक्षण गराइएको जानकारी गराइएको जिल्ला समन्वय अधिकारी हरिकृष्ण फुयाँलले बताए । 

 

(जिसस) प्रमुख चिना खड्का (कार्की) सहितको उपस्थितिमा भएको सो तालिमले ६० जना सहभागीहरूलाई पछिल्लो समय हुने गरेको विभिन्न सामाग्रीको खरिद बिक्रीमा कानुनी र प्राविधिक विषय समेतको सचेतना एवं अभिमुखीकरण गराइएको समन्वय अधिकारी फुयाँलले बताए । ‘खरिद सम्बन्धी नयाँ र पुराना सबै कर्मचारीलाई सहयोग पुग्ने गरी तालिम दिइएका हौँ ।’

 

चालु आर्थिक वर्षमा मात्रै जनप्रतिनिधि देखि कर्मचारी तह सम्ममा तालिम सञ्चालन गरेको (जिसस) रामेछापले शुक्रवार पनि न्यायिक समिति सम्बन्धित तालिम सञ्चालन गर्दै छ । ८ वटै स्थानीय तहका न्यायिक समिति संयोजक र सदस्यहरूसहित जिल्ला सरकारी वकिल, सेस्तेदार, न्याधिससहित हुने यो तालिमले न्यायिक समितिको कार्य सम्पादनलाई थप टेवा पुग्ने विश्वास लिइएको (जिसस) रामेछापका उपप्रमुख प्रेम सागर थापाले बताए । ‘तयारी सकाएका छौँ, न्यायिक समितिको कामलाई थप सहजीकरण गर्न मद्दत पुर्‍याउन तालिम आयोजना गरेका हौँ ।’