गणतन्त्र र राजावदीहरुको आन्दोलन : रामेछापबाट गणतन्त्रको पक्षमा ५ हजार, राजावादीको पक्षमा ५ सय काठमाडौँ पुगेको दाबी

| चैत १४, २०८१ शुक्रबार

A A A
A A A

१५ चैत, रामेछाप । काठमाडौँमा आज भएको गणतन्त्र पक्षधर र राजावादीको आन्दोलन पक्षधरमा रामेछापबाट झण्डै ६ हजार जना रामेछापेलीको उपस्थिति देखिएको नेताहरूले दाबी गरेका छन् । जसमा गणतन्त्रको पक्षमा ५ हजार भन्दा बढी जनताको उपस्थिति भएको देखिएको नेकपा (माओवादी केन्द्र) रामेछापका नेता तारानारायण श्रेष्ठले बताए । 

 

शुक्रवार काठमाडौँमा भएको विशाल गणतन्त्र पक्षधरको आन्दोलनमा रामेछाप–काठमाडौँ सम्पर्क मञ्च सहितसहित समाजवादी मोर्चाका ५ हजार ५ सयको हाराहारीमा नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीका नेता कार्यकर्तासहित आम–नागरिकहरू आन्दोलनमा देखिएको नेकपा (माओवादी केन्द्र) रामेछापका नेता एवं प्रदेश सांसद तारानारायण श्रेष्ठले रामेछाप टाइम्ससंग बताए । ‘यो विशाल जनसभामा ५ हजार भन्दा धेरै रामेछापका मानिसहरूको सहभागिता देखियो ।’

गणतन्त्र पक्षधरहरूको आन्दोलन शान्तिपूर्ण, मर्यादित र विशाल भएको बताउँदै नेता श्रेष्ठले सरकारको कमजोरीको कारण राजावादीहरूले बिताण्ड मच्चाएको आरोप लगाए । ‘यो त सरकारको कमजोरी हो नि । प्रहरीमाथि गाडी चढाउँदा सम्म कुनै आदेश दिएको छैन’ सरकारमा बसेका दलहरूकै असफलता र मिलोमत्तोको कारण आजको ठुलो क्षति भएको उनको आरोप छ । 

 

त्यस्तै (राप्रपा) रामेछापका अध्यक्ष एवं नेता भरत वाइबाले राजावादीको प्रदर्शनमा रामेछापबाट स्वतःस्फूर्त रूपमा ५ सय भन्दा बढीको उपस्थिति देखिएको बताए । आन्दोलनमा घाइते र मृत्यु सम्म भएकोमा दुःख व्यक्त गर्दै अध्यक्ष वाइबाले भने ‘५ सयको उपस्थित छ ।’

 

शुक्रवार काठमाडौँ तीनकुने क्षेत्र दिनभर राजावादीहरूको आन्दोलनको कारण तनावग्रस्त रह्यो । सोही विषयलाई लिएर जिल्ला प्रशासन कार्यालय काठमाडौँले कर्फियू लगाएको छ । भने, सुरक्षाको लागि सरकारले सेना समेत सडकमा परिचालन गरेको छ । 

 

साथै, राजावादीहरूको आन्दोलनलाई कमाण्डिकको जिम्मेवारी समेत पाएका व्यवसायी एवं ‘आन्दोलनकारी’ दुर्गा प्रसाईँलाई सरकारले पक्राउ गर्ने तयारी थालेको छ । उनले आन्दोलनलाई उग्र पार्ने विभिन्न अभिव्यक्तिहरू दिँदै आएका छन् ।