रामेछाप र दोलखाका नेताहरूको प्रतिष्ठाको लडाई बनेको ‘केआरइसी’ : बेतालीका बस्नेत बने अध्यक्ष, राप्रपा र रास्वपासहित सबै दलले यसरी मिलाए भागबन्डा

| चैत १५, २०८१ शनिबार

A A A
A A A

१६ चैत, रामेछाप । रामेछाप र दोलखा जिल्लाका नेताहरूको प्रतिष्ठाको ‘लडाई’ बनेको खिम्ती ग्रामीण विद्युत सहकारी (केआरइसी) को अध्यक्षमा अन्ततः राजनीतिक भागबण्ड मिलेको छ । दुवै जिल्लाका राजनीतिक दलहरूले नेतृत्व बाहेक अन्य पदमा सहमति नगर्दा लामो समयदेखि नटुङ्गिएको (केआरइसी) को अध्यक्षमा राजनीतिक भागबण्ड मिलेसँगै रामेछाप गोकुलगगंगा गाउँपालिकाका नावीबाबु बस्नेत अध्यक्ष बनेका छन् । 

 

रामेछाप टाइम्सलाई प्राप्त जानकारी अनुसार दुवै जिल्लाका राजनीतिक दल मध्य नेपाली काँग्रेसलाई अध्यक्षसहित ६ सदस्य भागमा परेको छ । 

 

त्यस्तै, नेकपा (एमाले) लाई उपाध्यक्षसहित ७ सदस्य, नेकपा (माओवादी केन्द्र) लाई सचिवसहित ५ सदस्य, एकीकृत समाजवादीलाई २ सदस्य भागबन्डा गरिएको नेपाली काँग्रेस रामेछापका पार्टी सचिव दीपक खड्काले रामेछाप टाइम्सलाई बताए । 

 

त्यस्तै, (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई समेत (केआरइस) मा १–१ सदस्य भाग लगाइएको छ । दोलखाको  तामाकोशी गाउँपालिका–५ किर्नेमा कार्यालय राखी संचालनमा रहेको उक्त सहकारी आर्थिक र व्यवस्थापकीय हिसाबले सम्पन्न रहेको छ । दुई जिल्ला कार्यक्षेत्र रहेको (केआरइसी) ले विशेष गरी विद्युत् क्षेत्रमा लगानी गर्ने गरेको छ । 

 

सहकारीका व्यवस्थापक रमेश फुयाँलका अनुसार नेपाली काँग्रेसका नेता बेतालीका बस्नेत अध्यक्ष बनेका हुन् । 

 

त्यस्तै, एमालेको भागमा परेको उपाध्यक्षमा शेरबहादुर थापा (खिम्ती) का, कोषाध्यक्षमा दोलखाको सहरेका धिराज सुवेदी, सचिवमा माओवादी तर्फका तेम्वा शेर्पाले जिम्मेवारी पाएका छन् । उनको ठेगाना खुल्न बाँकी रहेको छ । 

 

सदस्यहरूमा दोलखाको हावाका अर्जुन सुनुवार, खिम्तीका पूर्णबहादुर सुनुवार, इन्दु कार्की, फुलासीकी भगवती चौहान (अधिकारी), राममाया सुनुवार, दीपक श्रेष्ठ (दोलखाको सहरे), मन्थली–१२ का कर्णबहादुर पाण्डे, रस्नालुका रोशन कार्की निर्विरोध कार्य समितिमा चयन भएका हुन् । 

 

त्यस्तै, दोलखाको हावाको बलबहादुर केसी, दोलखा सहरेका दीपक कालिकोटे, ठग बहादुर मगर (खिम्ती) चूडामणि घिमिरे (बेताली), कमला आपागाई (च्यामा), देवी फुयाँल (च्यामा), मेरिना श्रेष्ठ (च्यामा), भूमिराज कार्की (नामाडी), ठकेन्द्र खत्री (ठूलापातल) र द्रोण प्रताप केसी (शहरे) सदस्य बनेको व्यवस्थापक फुयाँलले जानकारी दिए । 

गएको असार मसान्त सम्म (अडिट रिपोर्ट अनुसार) ८ करोड २ लाख ४८ हजार ६ सय ४३ रुपैयाँको कारोबार गरेको (केआरइसी)  चालु आर्थिक वर्षको हाल सम्म ९ करोडको रुपैयाँ हाराहारीमा रहेको व्यवस्थापक फुयाँलको भनाई छ ।

 

विशेष गरी दुवै जिल्लाका ठुला दलहरूले आफ्नो अनुकूल हुने गरी अध्यक्ष लिन जोड् बल गरेका थिए । यसले रामेछापका नेपाली काँग्रेसका पार्टी सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) लाई समेत विवादित बनाउने प्रयास गरिएको स्रोतको दाबी छ । तर, ती सबै विवाद र समस्यालाई समाधान गर्दै स्वतन्त्र र सर्व सहमतिमा सहकारीको नेतृत्व टुङ्गिएको हो । 

 

दोलखामा पनि एमाले नेता पार्वत गरुङ् र काँग्रेस सभापति बर्मा लामालाई जोडेर (केआरइसी) को नेतृत्व लिन र गुमाउन विभिन्न प्रयास भएको आशंका सार्वजनिक भएका थिए । 

अप्रिल अधिकारी
| माघ २३, २०८२ बिहिबार
मिलन घिमिरे (बि क)
| माघ १४, २०८२ मंगलबार
रामेछाप टाइम्स
| पुस २३, २०८२ बुधबार