राजावादी आन्दोलन : ‘१२ भाइ भन्ने’हरुले मिडियामाथि प्रहार गरेको हुन सक्ने आशंका, मारिएका पत्रकार रजकको परिवारलाई रामेछापका पत्रकारले आर्थिक सहयोग गर्ने

| चैत १८, २०८१ मंगलबार

A A A
A A A

१९ चैत,रामेछाप । तीनकुनेमा राजावादीहरूले गरेको आन्दोलनको घटनामा एक घरभित्र थुनेर हत्या गरिएका पत्रकार सुरेश रजकको पीडित परिवारलाई नेपाल पत्रकार महासंघ रामेछापले आर्थिक सहयोग प्रदान गर्ने भएको छ । त्यसको लागि जिल्लामा क्रियाशील पत्रकारहरूबाट स्वैच्छिक रूपमा आर्थिक संकल अभियान समेत महासंघले सुरु गरेको छ । 

 

मंगलबार महासंघ रामेछापले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा महासंघका पूर्व अध्यक्ष टीका प्रसाद भट्टको प्रस्तावमा काम गर्दा गर्दै ज्यान गुमाउन पुगेका रजकको परिवारलाई सान्त्वना दिन र ‘हामी साथमै छौँ’ भन्ने आभास दिलाउन आर्थिक सहयोग जुटाएर प्रदान गर्न सहमति भएको हो । पूर्व अध्यक्ष भट्टले भने ‘हामीले सकेजति सहयोग गरेर परिवारको भरोसा टुट्न दिनु हुँदैन ।’

 

सोही अनुसार महासंघ रामेछापले सहयोग संकलन समेत थालेको छ । हाल सम्म करिब १५ हजार हाराहारीमा सहयोग संकलन भएको महासंघ रामेछापले जनाएको हो । 

 

केन्द्र देखिको पहिलो चरणको अन्तिम आन्दोलन कार्यक्रम गर्दै महासंघ रामेछापका अध्यक्ष दीपक कुमार घिमिरेले ‘मिडिया’ माथि पछिल्लो समय हुँदै गरेको चरणबद्ध प्रहार प्रति सबै एक जुट् हुन आह्वान समेत गरेको छ । ठुला मिडिया हाउसमा छानी छानी प्रहार भइरहेको तर्फ उल्लेख गर्दै जिल्लाका मिडियाहरू पनि सचेत र सजक हुन जोड् दिए । 

पत्रकार महासंघ रामेछापका पूर्व अध्यक्ष हिमाल ढुङ्गेल, टीका प्रसाद भट्ट, रमेश ढुङ्गेल, बद्री नयाँघरेसहित केन्द्रीय सदस्य नवराज पथिक समेतको उपस्थितिमा गरिएको अन्तरक्रिया कार्यक्रममा प्रेस युनियन रामेछापकी अध्यक्ष ज्ञानु श्रेष्ठ, प्रेस चौतारीका अध्यक्ष लेखबहादुर बि क लगायतले पत्रकार रजकको योजनाबद्ध हत्या भएको हुन सक्ने आशंका व्यक्त गरे ।  

 

साथै, अग्रज पत्रकारहरूले मिडियाहरूलाई ‘१२ भाइ’ भनेर हिड्नेहरुले मौकामा चौका हानेर प्रहार गरेको हुन सक्ने आशंका समेत व्यक्त गरे।   

रामेछाप टाइम्स
| भदौ ७, २०८२ शनिबार
मिलन घिमिरे (बि क)
| साउन २८, २०८२ मंगलबार