३ जिल्ला हेर्ने गरी मन्थलीमा ‘सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना’ संचालनमा ल्याउने तयारी अन्तिम चरणमा

३ वैशाख, रामेछाप । रामेछापमा ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्य मन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) को विशेष पहलमा तीन जिल्ला हेर्ने सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय संचालनमा आउने भएको छ । काभ्रेमा प्रस्ताव गरिएको उक्त कार्यालय राज्य मन्त्री तामाङ्को जोडबलमा रामेछापको सदरमुकाम मन्थलीमा स्थापना गर्ने चरणमा पुगेको हो ।
सिँचाइसहित जलस्रोत सम्बन्धि सबै काम गर्ने र तटबन्ध संरक्षण लगायतका कार्य गर्ने गरी रामेछापसहित सिन्धुली र दोलखा जिल्ला कार्य क्षेत्र तोकेर कार्यालय संचालनमा आउने तयारी भइरहेको ऊर्जा राज्य मन्त्रीका स्वकीय सुरेश सुवेदीले रामेछाप टाइम्सलाई बताए । ‘अबको १ महिना भित्र कार्यालय नै संचालनाम आउने गरी काम भइरहेको छ ।’
मन्त्री परिषद् बैठकले निर्णय गरिसकेकाले कार्यालय राख्नलाई भवन खोजी रहेको स्वकीय सचिव सुवेदीले जानकारी दिए । कार्यालय राख्नलाई अहिले कुनै सरकारी खाली भएमा ती कार्यालयहरु बुझि रहेको स्वकीय सचिव सुवेदीले बताए ।
यस अगाडिका सार्वजनिक फोरमहरूमा राज्य मन्त्री तामाङले काभ्रेमा प्रस्ताव गरिएको उक्त संघीय कार्यालय जसरी पनि रामेछाप ल्याएरै छाड्ने प्रतिबद्धता गरेका थिए । विद्युत्, खानेपानी, सिँचाइ, जलस्रोत लगायत विभिन्न क्षेत्रमा बजेट र योजना राख्दै जनताको मन जिती रहेका राज्य मन्त्री तामाङले तीन जिल्ला हेर्ने कार्यालय ल्याएर मन्थलीमा थप चहलपहल बढाउन मद्दत गरेको भन्दै प्रशंसा बटुली रहेका हुन् ।
संघ तथा प्रदेशका धेरै कार्यालयहरू पहुँचको आधारमा नेताहरूले आ–आफ्नो जिल्लामा राख्दा रामेछाप पछि परेको तर्क गर्दै आफ्नो कार्यकालमा पनि विभिन्न जिल्लालाई जोड्ने गरी कार्यालयहरू ल्याउने पहल भइरहेको राज्य मन्त्री तामाङको भनाई छ ।
पछि थप घटगरिएको छःसम्पादक