सामाजिक संजाललाई नियमन गर्नु पर्छ तर बन्द गर्ने संचार मन्त्रीको चेतावनी गलत – केन्द्रीय सदस्य शिवाकोटी

| बैशाख ७, २०८२ आइतबार

A A A
A A A

७ वैशाख, रामेछाप । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अजय बाबु शिवाकोटीले सञ्चार मन्त्रीले सामाजिक सञ्जालमाथि लगाउन खोजेको प्रतिबन्ध प्रेस स्वतन्त्रमाथिको प्रहार हुन सक्ने आशंका व्यक्त गरेका छन् । सामाजिक संजाल माथि सञ्चार मन्त्री पृथिबी सुब्बा गुरुङले बेला–बेलामा कडाइ गर्ने अभिव्यक्ति दिँदा त्यो भाव झल्किएको उनको दाबी छ । नियमन गर्न सकिने भए पनि सामाजिक संजाललाई बन्दै गर्न नहुने पार्टीको समेत धारणा रहेको केन्द्रीय सदस्य शिवाकोटीको भनाई छ। 

 

नेपाल प्रेस युनियन जिल्ला शाखा रामेछापको ९ औँ वार्षिक साधारण सभालाई शनिबार मन्थलीमा सम्बोधन गर्दै पूर्व प्रेस युनियनका केन्द्रीय महासचिव समेत रहेका कांग्रेस केन्द्रीय सदस्य शिवाकोटीले सञ्चार जगतमा सामाजिक संजाल एवं प्रविधिको प्रयोग बढिरहेको बेला सरकारका मन्त्रीहरूले त्यसलाई विभिन्न गर्ने बहानामा नागरिकका आवाजहरू बोल्ने सञ्जालहरू प्रतिबन्धको बाटो खोज्न थालेको हो कि ?  भन्ने आशंका देखिन थालेको धारणा राखे । यदि मन्त्री वा सरकारले त्यसो गर्न लागेको भए सच्चिनु पर्नेमा जोड् दिँदै नेता शिवाकोटीले मिडियाकर्मीहरूले सामाजिक सञ्जालको सही सदुपयोग गर्न सक्नु पर्नेमा जोड् दिए । ‘बालेन शाहको फेसबुकमा फलोवास् धेरै भएकै कारण हाल सम्म कुन पनि मिडियामा बोकेका छैनन् । उनले आफ्नै संजाललाई प्रयोग गरिरहेका छन् । त्यसैले हामीले पनि सकारात्मक कुराको लागि यी साधानहरु प्रयोग गरौँ ।’

नेपाली काँग्रेसले पछिल्लो समय सञ्चालन गरिहरेका अभियान र तालिमहरूमा समेत सामाजिक संजाललाई सही प्रयोग गर्न सिकाइरहेको सुनाउँदै नेता शिवाकोटीले कम्युनिस्ट पार्टीहरू सामाजिक संजाल प्रति आउने असन्तुष्टिबाट आत्तिएको दाबी समेत गरे । ‘त्यसैले कम्युनिस्ट पार्टीहरूले यी संजाललाई रोक्न खोजेका त हैनन् भन्ने प्रश्न उठेको छ ।’

 

पत्रकारहरूले सामाजिक संजाल प्रयोग कर्ता भन्दा फरक सूचना, सन्देश र समाचार दिन सक्नु पर्ने सुझाव दिँदै युवा नेता शिवाकोटीले सामाजिक सञ्जालमा देखिने असन्तुष्टिलाई लिएर व्यवस्था नै खराब हो भन्नेहरू बढ्नु भने चिन्ताको विषय रहेको धारणा राखे । ‘गाउँमा मान्छेलाई जे पनि भनेर बहकाउने काम रोक्न सक्नु पर्छ ।’

 

यही वैशाख १७ गतेदेखि पार्टीको केन्द्रीय समिति बैठक सुरु हुने बताउँदै यो बैठकले जनप्रतिनिधि र काँग्रेस पार्टी बिचको सम्बन्धलाई ध्यानमा राखेर आगामी कार्यक्रम सार्वजनिक गर्न सक्ने बताए ।