रामेछापका प्रहरी प्रमुख डिएसपी सिंहको सरुवा, भट्ट आउने

११ वैशाख, रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रदीप कुमार सिंहको सरुवा भएको छ । उनको नेपाल प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन महाशाखा नक्सालमा सुरुवा भएको नेपाल प्रहरीले जनाएको हो ।
बुधवार एक सय १२ जना प्रहरी नायव उपरीक्षक (डिएसपी) हरुको एकै पटक सरुवा गर्दै प्रहरीले रामेछापमा २०८० सालको चैत्र २७ गते जिम्मेवारीमा आएका (डिएसपी) सिंहलाई पनि सरुवा गरेको हो ।
जिल्ला प्रहरीको जिम्मेवारीमा आयपछिको पत्रकार भेटघाटमा प्रहरीको कमी कमजोरीलाई सुधार्दै नागरिकको भरोसा योग्य संगठन बनाउँछु भनेका (डिएसपी) सिंह नेतृत्वमा आएपछि रामेछापमा प्रहरीको आन्तरिक व्यवस्थापनमा केही सकारात्मक सुधार भएको देखिन्छ ।
केही समयदेखि जिल्लाका विभिन्न स्थानमा घटेका आपराधिक घटनाका केही कारणमा भने सिंह नेतृत्वको प्रहरी रामेछापमा आलोचित भइरहेको अवस्था छ ।
सिंहको सुरुवा भए पनि रामेछापमा प्रहरी प्रमुखको जिम्मेवारीमा भोला कुमार भट्ट आऊने भएका छन् ।
यस अगाडि हेड्लाइनमा भट्ट हुनु पर्नेमा अन्यथा भएकोमा सच्याइएको छः स