ऐतिहासिक कर्मचारी सरुवा : सिडिओ पौडेल र डिएसपी सिंहको रोमाञ्चक र रेकडै राख्ने संयोग

| बैशाख १६, २०८२ मंगलबार

A A A
A A A

१६ वैशाख, रामेछाप । रामेछापमा प्रमुख जिल्ला अधिकारी (सिडिओ) र जिल्ला प्रहरी प्रमुख (डिएसपी) को एकै पटक सरुवा भएपछि ‘ब्युरोक्रेसी’ मा रोमाञ्चक सञ्जोक परेको भन्दै चर्चा गरिएको छ । हाल सम्म जिल्लाको सुरक्षा क्षेत्रको प्रमुख जिम्मेवारी बोकेका प्रमुख जिल्ला अधिकारी (सिडिओ) र (डिएसपी) को एकै दिन बिदाइ हुने गरी सरुवा नभएको भन्दै ७ महिना अगाडि मात्रै (सिडिओ) को भूमिकामा जिल्ला भित्रिएका राजु प्रसाद पौडेल र एक वर्ष पूरा (डिएसपी) को जिम्मेवारी निर्वाह गरेका प्रदीप कुमार सिंहको मंगलबार बिदाइ एवं फेरी भेटौला कार्यक्रम गरिएको हो । 

 

जिल्ला प्रशासन कार्यालयमा आगामी दिनको शुभकामना एवं बिदाइ भेटघाट गर्न पुगेका रामेछाप नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ सुकाजोरका वडा अध्यक्ष समीर कार्की, नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष दीपक कुमार घिमिरे, (फोनिज) बागमती प्रदेशका अध्यक्ष युवराज श्रेष्ठ र प्रेस युनियन रामेछापकी अध्यक्ष ज्ञानु श्रेष्ठ लगायतले सुरक्षा निकायका जिम्मेवारहरूको एकै पटक सरुवा हुन रोमाञ्चक र मिठो संयोग बनेको भन्दै चर्चा गरेका हुन् । उनीहरूले यहाँको सुरक्षा व्यवस्था लगायतमा चासो र चिन्ता व्यक्त गर्दै नयाँ आउने प्रमुखहरूले गम्भीरता पूर्वक जिम्मेवारी सम्हाल्ने धारणा राखे । ‘यो त ऐतिहासिक बन्यो । यस्तो सायदै भएको थिएन । जिल्लाको इतिहाशमा यो रेकर्ड नै बन्यो ।’

 

सात महिना अगाडि मात्रै जिल्लाको नेतृत्वको जिम्मेवारीमा आएका पौडेलको गृह मन्त्रालयमा सरुवा भएको हो । उनी रामेछापको नेतृत्वमा आएपछि ‘जथाभाबी नागरिकता सिफारिस गर्न कडाइ’ गर्नुको साथै ढड्डामा नभएका नागरिकताहरूलाई विशेष निगरानी गरी नागरिकताको सही प्रयोजनलाई व्यवस्थित गर्ने कार्य अगाडि बढाए । यसमा ‘स्वार्थ बोकेका’ केही व्यक्तिहरूको आपत्ति भए पनि नागरिकताको दुरुपयोग रोक्न सफल भएको प्रमुख जिल्ला अधिकारी पौडेलको भनाई छ । त्यस्तै पौडेल कार्यरत रहँदै रामेछापमा वडा तहबाट हुने नागरिकताको अनलाइन सिफारिसको थालिन भएको छ । त्यस्तै विपद् जन्य घटना डढेलो रोकथाममा न्यूनीकरण भएको छ । 

पौडेलले जिल्लामा रहँदा विधि र पद्धतिलाई कडाइका साथ लागू गर्दै फर्जी कागजातहरूको रोकथाममा विशेष निगरानी गरेको सरोकारवालाहरू बताउँछन् ।

 

त्यस्तै, (डिएसपी) र आफ्नो एकै पटक सरुवा हुन संयोग नै भएको धारणा राख्दै जिल्लामा रहँदा यहाँका नागरिकहरूको सेवालाई सरल र सहज बनाउने प्रयत्न गरेको सिडिओ पौडेलको दाबी छ । 

 

जिल्ला प्रहरी प्रमुख (डिएसपी) सिंहले पनि विधि र कानुनले दिए अनुसार नागरिकको सेवालाई पहिलो प्राथमिकता दिएर जिम्मेवारी निर्वाह गरेको बताए । प्रहरी कार्यालयलाई सुन्दर र व्यवस्थित गर्दै जिल्ला प्रहरी कार्यालयमा सबै नागरिकहरूको सहज पहुँच बिस्तार गर्ने प्रयत्न गरेको प्रहरी प्रमुख सिंहको भनाई छ । 

पछिल्लो समय गर्भवती महिलामाथि भएको कुटपिटको घटनालाई गम्भीरता पूर्वक नलिएको आरोपले आलोचित हुन पुगेका सिडिओ र डिएसपी दुवैले अन्य अवस्थामा भने प्रशंसा योग्य जिम्मेवारी पुरा गरेको नेपाल पत्रकार महासंघ रामेछापका निवर्तमान अध्यक्ष बद्री नयाँघरेले बताए । 

 

नागरिकहरूका स–साना समस्यालाई समेत बुझ्ने र समाधान गर्ने जिम्मेवारी बोकेका जिम्मेवार निकायहरूले आन्तरिक रूपमा समाधान गर्न सक्ने विषयमाथि ‘कम आँक्दा’ केही त्रुटिहरू भए पनि समग्रमा राज्यले दिएर पठाएको जिम्मेवारी गहन ढङ्गले पूरा गरेको अग्रज पत्रकार हिमाल ढुङ्गेलले बताए  ।

 

बुधवारको ‘शुभ साइत’ पारेर जिल्ला छोड्न लागेका सिडिओ र डिएसपी दुवै जनालाई मंगलबार कर्मचारी मिलन केन्द्रको सम्पूर्ण टिमले प्रशासनको सभा हलमा एक कार्यक्रमका बिच औपचारिक रूपमा बिदाइ गरेको छ ।

 

त्यस्तै, मन्थली नगरपालिका र निजी क्षेत्र एवं रामेछाप उद्योग वाणिज्य संघले पनि संघको सचिवालयमा (सिडिओ) र (डिएसपी) दुवै जनालाई औपचारिक कार्यक्रमका बिच बिदाइ गरेको छ ।

 

बुधवार बिहान (सिडिओ) पौडेल र (डिएसपी) सिंह जिल्ला बाहिरिने भए पछि रामेछापका प्रमुख जिल्ला अधिकारी (सिडिओ) मा हाल तनहुँको प्रमुख जिल्ला अधिकारीको रूपमा कार्यरत रहेका श्यामकृष्ण थापा र प्रहरी प्रमुखमा भोला कुमार भट्ट आउने केही दिन भित्रै आउने भएका छन् ।

 

मिलन घिमिरे (बि क)
| बैशाख ११, २०८२ बिहिबार