आजदेखि कक्षा १२ को परीक्षा : ग्रेड वृद्धिका ४७० जनासहित रामेछापबाट २१ सय बढीले परीक्षा दिँदै

| बैशाख २१, २०८२ आइतबार

सांकेतिक तस्बिर
A A A
A A A

२१ रामेछाप । आजदेखि गएको वैशाख १२ गते देशव्यापी शिक्षक आन्दोलनको कारण रोकिएको कक्षा १२ को वार्षिक परीक्षा सुरु हुँदै छ । रामेछापमा १३ वटा परीक्षा केन्द्रबाट दुई हजार १ सय बढीले परीक्षार्थीले परीक्षा दिँदै छन् । परीक्षा आइतबार (आज) बिहान ८ बजेदेखि सुरु हुँदै छ । विगतका वर्षहरूमा एसइई लगत्तै कक्षा १२ को वार्षिक परीक्षा हुने भएको भए पनि यो पटक केही ढिला गरी हुन लागेको हो । यसले गर्दा यो पटकको परीक्षामा दैनिक ‘ग्याप पाउने’ अवस्था छैन । 

 

आइतबार बिहान जिल्ला शिक्षा, समन्वय इकाई रामेछापका प्रमुख नेत्रप्रसाद गजुरेलले रामेछाप टाइम्सलाई दिएको जानकारी अनुसार जिल्लाबाट नियमित तर्फ १६ सय ४५ र ग्रेड वृद्धि ४ सय ७० गते दुई हजार एक सय १५ जना परीक्षार्थीले परीक्षा दिन लागेका हुन् । यसमा छात्र, छात्रा भने राष्ट्रिय परीक्षा बोर्डको फारम सिधै भर्ने हुँदा छुटाउन बोडले मात्रै सक्ने प्रमुख गजुरेलको भनाई छ । परीक्षाको सबै तयारी पुरा भएको उनको भनाई छ । 

 

गएको १२ गते शिक्षकहरूको देशव्यापी आन्दोलनले सरेको परीक्षा निजामती कर्मचारी नै खटाएर भए पनि गर्ने सम्मको तयारी सरकारले अगाडि बढाएको भए पनि अन्तिममा आएर स्थगित भएको थियो । जसमा निजामतीहरू खटिने परीक्षामा सामेल नहुँने भन्दै जिल्लामा रहेका १३ वटै केन्द्रका केन्द्रध्यक्षहरुले सामूहिक राजीनामा दिएका थिए । 

 

तर, पछिल्लो पटक शिक्षकहरूले शिक्षामन्त्री रघुजी पन्तसँग गरेको वार्ताबाट ९ बुँदे सहमति गरेपछि आजदेखि परीक्षा गर्न सहमति भएको थियो । सोही अनुसार १३ जनै केन्द्रध्यक्षहरुको राजीनामा फिर्ता भएर उनीहरूले नै परीक्षा सम्पन्न गराउन लागेको शिक्षा समन्वय प्रमुख गजुरेलले रामेछाप टाइम्सलाई बताए । 

 

उनले भने ‘उनीहरू १३ जनाले नै परीक्षा गराउँदै हुनुहुन्छ’ विद्यार्थीहरूलाई निर्धक्क भएर परीक्षा दिन आग्रह गर्दै प्रमुख गजुरेलले थपे ‘परीक्षा हुनु आधा घण्टा अगाडि केन्द्रध्यक्षहरुको पर्सनल मेलमा बोर्डले प्रश्न पत्र पटाउँछ’ पहिलेको जस्तो पहिले नै प्रिन्ट ‘कोइसन पेपर’ नआउने प्रस्ट पार्दै केन्द्रध्यक्षहरुलाई मेलमा प्राप्त प्रश्न प्रिन्ट गरेर विद्यार्थीलाई दिइने बताए । 

 

एसइई पछिको उच्च शिक्षाको अर्को प्रमुख बिन्दु कक्षा १२ को परीक्षामा देशभरबाट आज ५ लाख ११ हजार १ सय २५ जना विद्यार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जानकारी गराएको  छ । स्मरण रहोस् शिक्षकले शिक्षक ऐनको माग गर्दै गरेको आन्दोलनको कारण उनीहरूको माग पुरा गर्न नसक्दा तत्कालीन शिक्षा मन्त्री एमालेकी विद्या भट्टराईले पदबाट राजीनामा समेत गरेकी छिन् । 

 

यो हेर्नुहोस् राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को परीक्षा तालिका 

 

 

अप्रिल अधिकारी
| माघ २३, २०८२ बिहिबार
मिलन घिमिरे (बि क)
| माघ १४, २०८२ मंगलबार
रामेछाप टाइम्स
| पुस २३, २०८२ बुधबार