रामेछापको सैपुमा आगोलागिबाट घर पूर्ण रूपमा जल्यो, घरधनी पौडेलको अवस्था गम्भीर

२७ वैशाख, रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नं २ सैपु तिलौरीमा विद्युत् सर्ट भएर आगोलागि हुँदा एक घरपूर्ण रूपमा जलेको छ । साथै, घरमा आगोलागि भएपछि मौरी बिच्किएर चिल्दा घरधनी गम्भीर घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय धोबीका एक प्रहरी अधिकारीले रामेछाप टाइम्सलाई केही बेर अगाडि दिएको जानकारी अनुसार वडा नं २ सैपुका चन्द्रबहादुर पौडेलको घरमा आगोलागि भएको हो । शनिवार करिब साँझ ७ बजेको समयमा भएको आगोलागिबाट घर पूर्ण रूपमा जलेको छ । ढुङ्गा माटोले बनेको पौडेलको घरमा ५ जनाको परिवार बस्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
अहिले एक टोली आगो निभाइरहेको छ, घाइते चन्द्रबहादुरलाई वडा अध्यक्ष सन्तोष पौडेलसहित स्थानीय र प्रहरीको सहायतामा प्राथमिक उपचारपछि मन्थली पठाइएको हो’, ती प्रहरी अधिकारीले रामेछाप टाइम्ससंग भने ‘उनको होस् छैन’ ।
प्रारम्भिक अनुसन्धान अनुसार विद्युत् सर्ट भएर घरमा आगोलागि भएको बुझिएको र घरमा पालेको मौरी आगोलागिबाट बिच्किँदा घरबेटीलाई चिलेको (टोकेको) खुलेको छ । मौरीको टोकाईबाट घरबेटी पौडेल बेहोस अवस्थामा पुगेका छन् । उनको घर पूर्णपुरमा जलेर नष्ट भएको स्थानीय रोबिन महताराले रामेछाप टाइम्ससंग बताए ।
तस्बिर स्रोत रोबिन महतारा