रामेछापको दिमिपोखरीमा उम्रिन नपाउँदै मकैमा फौजी किराको प्रकोप ‘व्यापक’

| जेठ ११, २०८२ शनिबार

सांकेतिक तस्बिर
A A A
A A A

१० जेठ, रामेछाप । रामेछापको दिमिपोखिमा मकैको टु सामानै फौजी किरा लागेर काट्न थालेपछि किसान चिन्तित भएका छन् । माटो बाट निस्किएर तीन पात नहुँदै किराले बारी नै बाँझै पार्ने गरी काट्न थालेपछि किसानहरू चिन्तित बनेका हुन् । 

 

फागुन, चैत महिनामा रोपेको हिउँदे मकै बेलाबेलामा पानी परेर उम्रिए पनि गाउँ भरी नै फैलिएको फौजी किराले तीव्र गतिमा मकैको टुसा र तीन पातै काट्न थालेपछि किसानहरूले पालिकाको कृषि शाखामा गुहार मागेका छन् । तर, उम्रिएर मकैको बोट नदेखिने हुँदा नै किरा मार्ने विषादी प्रयोग गर्न नमिल्ने कृषि प्राविधिकहरूको सुझावपछि किसानहरू झन् बिछिप्त बनेको सुनापति गाउँपालिका–२, दिमिपोखिरीका समाल सिं ग्यापक (तामाङ) ले रामेछाप टाइम्सलाई जानकारी दिए ।

 

यो गाउँभरिको मकै उम्रिन नपाउँदै किराले काटेपछि सबै जना किसानहरू चिन्तित बनेर पालिकालाई गुहार्न पुगेका हुन’, स्थानीय योमान सिं ग्यापक, छिरिङ लामा, पेमा बल, उपेन्द्र घिसिङ लगायत दिमि, पोखरी, मानपुर दिपी, सुरुसुङ्बा सबै ठाउँमा मकै सुख्खा पारेर किराले काट्यो’ समालले भने ।

 

यो वर्ष पानी नपरेर सुख्खा भएर किरा लाग्यो भन्ने ठाउँ पनि रहेको सुनाउँदै स्थानीय तामाङले भने ‘बर्खा लाग्न थाली सक्यो, किराले मकै एक बोट पनि सग्लो राखेन ।’