मन्थली नगरपालिकाका १४ वटै वडाहरू बालमैत्री वडा घोषणाको चरणमा पुगेका छन्, तत्काल सुरु गर्छौँ – प्रमुख एवं संयोजक खड्का (भिडिओसहित)

| जेठ १६, २०८२ बिहिबार

A A A
A A A

१५ जेठ, रामेछाप । जिल्ला समन्वय समिति रामेछापकी प्रमुख एवं   बालमैत्री शासन युक्त नगर घोषणा अनुगमन समितिकी संयोजक चिना खड्का (कार्की) ले मन्थली नगरपालिकाका सबै वडाहरू बालमैत्री स्थानीय तह घोषणाको अन्तिम चरणमा रहेको बताएकी छिन् । स्थलगत अनुगमनको क्रममा केही वडाहरूमा अपुग रहेका कागजात तयार पार्न समेत समय दिई सकेको सुनाउँदै ‘बाल मैत्री वडा घोषणा’ गर्न तयार भएर बस्न १४ वटै वडा अध्यक्षहरूलाई आग्रह समेत गरिन् ।

 

बुधवार मन्थली नगरपालिकाको सभा हलमा आयोजित ‘बालमैत्री स्थानीय शासन युक्त नगर घोषणा तथा दिगोपनाको कार्यक्रम’को सार्वजनिक सुनुवाइमा बोल्दै अनुगमन समितिकी संयोजक खड्काले घोषणा भइसकेका अन्य जिल्लाका वडाहरू समेतको तुलना र मूल्याङ्कनको आधारमा मन्थली नगरका सबै वडाहरू बालमैत्री घोषणा गर्न अन्तिम अवस्थामा पुगेको धारणा राखेकी हुन् । ‘केही–केही वडाहरूमा सुधार गर्नु पर्ने अवस्था नभए सबै वडाहरूले एकदमै राम्रो काम गएको पाइएको छ’, नाम नखुलाउँदै २/३ वटा वडाले उत्कृष्ट रूपमा तयार पार्नु भएको छ ।’

 

नगरपालिकाका प्रमुख लव श्रेष्ठ, समन्वयका उपप्रमुख प्रेम सागर थापा, नगरकी उपप्रमुख ईश्वरी बस्ने, प्रमुख प्रशासकीय अधिकृत देवर्षि सापकोटा, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, १४ वटै वडाका वडा अध्यक्ष, वडा बालमैत्री सम्पर्क व्यक्ति, सहजकर्तासहित पत्रकार र १४ वटै वडाका बालबालिकाहरू समेतको भव्य उपस्थिति रहेको सार्वजनिक सुनुवाइमा समन्वय प्रमुख एवं अनुगमन समितिकी संयोजक खड्काले भनिन् ‘अब सबे वडा अध्यक्षहरू तयार रहनु होला ।’

आम मानिसहरूको धारणा सबै स्थानीय सरकारले मात्रै गर्नु पर्छ भन्ने खालको विकास हुँदै जानु दुःखद रहेको तर्क गर्दै समाज सुधार्न सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवारी निर्वाह गर्नु पर्ने समन्वय प्रमुख खड्काको भनाई छ । १ नम्बर मन्थली बजार जस्तै १४ नम्बर फुलासी नहुने भन्दै अपेक्षा अनुसार सतप्रतिशन सूचकहरू पुरा हुन आर्थिक, सामाजिक र भौगोलिक अवस्थालाई ख्याल गर्नु पर्ने उनको तर्क थियो । 

 

त्यस्तै, नगर पालिकाका प्रमुख श्रेष्ठले कार्यक्रममा उठेका प्रश्नको जवाफ दिँदै सबैले अधिकार खोज्दा आफ्नो दायित्व पनि पुरा गर्नु पर्ने स्मरण गर्दै अनुगमन समितिले नगरलाई बालमैत्री स्थानीय शासन युक्त नगर घोषणा सकारात्मक र सुधारात्मक सुझाव दिन आग्रह गरे । 

 

बालमैत्री नगर घोषणा गर्न किन लाग्नुको कारण प्रस्ट्याउँदै वडा तहमा भएका गतिविधिलाई केन्द्रित गरेर वडा घोषणा गर्दै नगर घोषणा गर्ने चरणमा पुगेको विश्वास लिइएको बताए । विभिन्न संघ संस्थाहरू र वडा तहमा खटिएका बालमैत्री सहजकर्ताहरूले निकै राम्रो कार्य गरेको बताउँदै अनुगमन समितिले दिएका प्रतिवेदनलाई एकत्रित गरी नगर घोषणा गर्ने तयारीमा आफूहरू रहने नगर प्रमुख श्रेष्ठले बताए । 

 

कार्यक्रममा सरोकारवालाहरूले बालमैत्री घोषणा गर्नु मात्रै उपलब्धि नहुने बरु यसलाई दीर्घकालीन अवस्था सम्म टिकाउनु पर्नेमा सुझाव दिएका थिए । अपुग भएका बालमैत्री संरचनाहरूलाई पुरा गर्दै बालमैत्री घोषणा गर्नु पर्नेमा जोड् दिएका सरोकारवालाहरूले बालबालिकालाई सामाजिक, आर्थिक र बौद्धिक रूपमा समेत सक्षम बनाऊ तर्फ नगर केन्द्रित हुन जोड् दिए । 

मिलन घिमिरे (बि क)
| पुस २०, २०८१ शनिबार