मन्थली क्याम्पसको उपसभापति निलम्बित प्रकरण : सभापति थापाले रामेछाप टाइम्सलाई गलत देखाउन हस्ताक्षर नै फेरेर निकाले अर्को पत्र (तथ्यसहित)

| जेठ १८, २०८२ शनिबार

A A A
A A A

१७ जेठ, रामेछाप । मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का उपसभापति उत्सव केसीलाई संस्थाको गरिमामा आँच पुर्‍याउने कार्य गरेको भन्दै सभापति सुशील थापा र सचिव मुकेश भण्डारी (डेनिश) ले निलम्बन गरेको पत्रसहितको समाचार रामेछाप टाइम्सले सार्वजनिक गरेपछि ‘सार्वजनिक पत्र नै कृत्य’ भएको भन्दै सभापति थापा र सचिव भण्डारीले मध्यरातमा हस्ताक्षर नै फेरेर अर्को पत्र जारी गरेको तथ्य फेला परेको छ । राजनीतिक दबाब थेग्न नसकेका थापाले आफ्नो राजनीति जोगाउने विकल्पमा हस्ताक्षर नै फेरेका हुन् । 

 

शुक्रवार साँझ रामेछाप टाइम्सले ‘स्ववियुलाई आँच पुर्‍याएको भन्दै मन्थली क्याम्पसका उपसभापति केसीलाई ‘कडा कारबाही’, परे निलम्बनमा’ शीर्षकमा सुशील थापाका दाइ सुदीप थापाले उपलब्ध गराएको निलम्बनको पत्र र त्यसपछि सभापति थापासँगै रामेछाप टाइम्सले गरेको फोन संवादमा थापाले उपसभापति केसीलाई निलम्बन गरेको स्वीकार गर्दै हस्ताक्षर समेत गरिएको तर, छाप भने प्रयोग नगरेको भने पछि सार्वजनिक गरिएको समाचारलाई राजनीतिक दबाब आएको झोकमा ‘कृत हस्ताक्षर भएको पत्र’ भन्दै भ्रम फैलाउने र मिडियालाई गलत देखाउने प्रयास गर्न मध्य राति हस्ताक्षर नै फेरेर भिडिओसहित सार्वजनिक गरेका हुन् । समाचार सार्वजनिक भएपछि आफ्नो राजनीतिक करिअर सिद्धियो भन्दै समाचार डिलिट गरी सहयोग गर्न भनेका थापाले राजनीतिक दबाब थेग्न नसकेर आफ्नो सक्कली हस्ताक्षर नै फेरेर राति अर्को पत्रमा हस्ताक्षर गरेको तथ्य फेला परेको हो । 

 

यो हेर्नुहोस् सभापति थापाले विगतमा गर्दै आएका हस्ताक्षर र कृत्य भयो भन्दै मध्यराति गरेको हस्ताक्षर । कुन हस्ताक्षर विगतको कार्डमा प्रयोग गरेको देखिन्छ ? 

निलम्बनको पत्र प्राप्त भएपछि सुशीलका दाइलाई रामेछाप टाइम्सले गरेको आग्रह अनुसार आफैले फोन गरेका सभापति थापालाई ‘यस्तो पत्र तिम्रो दाइले पठाउनु भयो के हो’ ? भनी गरेको प्रश्नमा ‘कारबाही गरेको हो,......आन्तरिक रूपमा हो भनी समाचार सार्वजनिक नभए हुन्थ्यो भन्नेमा जोड् दिनखोजाके सभापति थापाले आफ्नो हस्ताक्षर भएको र कारबाही गरेको प्रस्ट शब्दमा स्वीकार गरेका थिए । समाचार सार्वजनिक गरेपछि रामेछाप टाइम्सलाई पटक–पटक फोन गरी समाचार सत्य भए पनि डिलिट गरेर आफूलाई सहयोग गर्न भनेका थापाले रामेछाप टाइम्सकै समाचार शेयर गर्दै ‘कसले सूचना दियो भनी’ उल्टै प्रश्न गरेको उनको फेसबुक वालमा थियो । तर, अहिले उक्त स्टाटस समेत हटाएका सभापति थापाले सामाजिक सञ्जालमा भने आफूले उक्त निलम्बनको पत्रमा गरेको हस्ताक्षर नै कृत्य भएको भन्दै लामो समयदेखि प्रयोग गर्दै आएको अर्थात् (स्ववियु)  सभापति भएपछि सदस्यहरूलाई दिएको कार्डमा प्रयोग गरिएको हस्ताक्षरलाई नै गलत देखाएर ‘कृत्य हस्ताक्षरको प्रयोग गरी’ राति अर्को पत्र सार्वजनिक गरेको तथ्य र प्रमाण फेला परेको हो । 

 

रामेछाप टाइम्सले सत्य, तथ्य र प्रमाणको आधारमा लेखेको समाचारबाट उनले फिँजाउन खोजेको भ्रम, अफवाह नै छोपिन नसकेपछि विगतमा गर्दै आएको हस्ताक्षर कै दुरुपयोग गर्दै अर्को हस्ताक्षर गरी मध्यरातमा स्ववियु कार्यालयबाट पत्र नयाँ हस्ताक्षरको सुरुवात गरेको पाइएको हो । 

 

सभापति थापाले रामेछाप टाइम्सले लेखेको सत्य समाचार विरुद्ध  फैलाएको भ्रम समेतलाई सच्याउने भन्दै हामीसँगै पटक–पटक फोन गरेका सभापति थापाले राति १० ः १५ बजेको समयमा ‘विज्ञप्ति लेख्न लागेको के शब्द लेख्ने होला, मिडियाको बारेमा राम्रो नै भन्छु, सच्याउँछु मिलाएर गरौँ’ आफ्नो गल्ती छोप्न हर प्रयास समेत गरेका थिए । 

 

शुक्रबार रामेछाप टाइम्सलाई प्राप्त पत्र जुन लेटर प्याड र हस्ताक्षर कृत्य भन्दै राति यसरी अर्को पत्र सभापति थापा र सचिव भण्डारीले गरेको हस्ताक्षरसहित ।

गलतलाई गलत र सत्यलाई सत्य भन्ने रामेछाप टाइम्सको जवाफपछि कृत्य हस्ताक्षर गरेर सामाजिक सञ्जाल मार्फत विद्यार्थी र जनमानसमा भ्रम छर्ने गरी थापाले मध्यरातमा उक्त पत्र सार्वजनिक गरिएको पाइएको हो । 

 

तर, रामेछाप टाइम्सलाई पहिले प्राप्त भएको र मध्य राति सार्वजनिक गरिएको पत्रमा फरक नपर्ने गरी लेखिएको अक्षर र सभापति थापाले विगतदेखि प्रयोग गर्दै आएको हस्ताक्षरलाई नै मात् दिएर नयाँ हस्ताक्षर (आफै कृत्य गरी) पत्र सार्वजनिक गरेपछि सभापति थापा रामेछाप टाइम्ससंग पहिले आफै स्वीकार गरेको निलम्बन, हस्ताक्षर र निलम्बन पत्रलाई गलत ठहर्‍याउन लागि परेका हुन् । जुन, उनी आफै पनि जानकार छन् । कि, म गलत छु ।