उमाकुण्ड गाउँपालिको कूल बजे ५९ करोड १९ लाखः शिक्षामा २ करोड ४० लाख विनियोजन

| असार १३, २०७८ आइतबार

फाइल फोटो
A A A
A A A

१२ असार, रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८÷७९ को लागि ५९ करोडको बजेट ल्याएको छ । कूल बजेट चालु वर्षको भन्दा केही बढेको पालिका अध्यक्ष शेर बहादुर सुनुवारले रामेछाप टाइम्सलाई बताए । 

 


पालिकाले गत बिहिबार प्रस्तुत् गरेको आगामी आर्थिक वर्षको  कूल बजेट ५९ करोड १९ लाख ४० हजार ८ सय १० रुपैयाँ बजेट सार्वजनिक गरेको पालिकाका कर्मचारी ङावा शेर्पाले रामेछाप टाइम्सलाई जनाकारी दिए । 


कृषि, पशुपलान, शिक्षा, स्वास्थ्य, पूर्वधार निर्माणलाई प्राथामिकतामा राखेर यो पटकको बजेट निर्माण गरिएको पालिाका प्रमुख सुनुवारले बताए । 


आगामी बजेटमा गाउँपालिकाले शैक्षिक क्षेत्रको सुधारको लागि २ करोड ४० लाख ३६ हजार ८ सय १० रूपैयाँ विनियोजना गरेको शेर्पाले रामेछाप टाइम्सलाई जानकारी दिए । 

शिक्षा तर्फ विनियोजित बजेट नीति तथा कार्यक्रम हेर्नुहोस्
 

रामेछाप टाइम्स
| साउन २७, २०७८ बुधबार