तरुण दल रामेछाप जुट्यो अधिवेशनको तयारीमाः २० गते सम्म सदस्य टुङ्ग्याउने र अधिवेशन गर्ने

३१ जेठ, रामेछाप । नेपाल तरुण दल रामेछापले अधिवेशन गर्ने तयारी स्वरूप सदस्यता टुङ्गो लगाउने निर्णय गरेको छ । सदस्यता टुङ्गो लगाएपछि अधिवेशन गर्न केन्द्रमा आह्वान गर्ने तयारी जिल्लाको रहेको बुझिएको छ ।
शनिवार मन्थलीमा बसेको तरुण दल रामेछापका अध्यक्ष काजीबहादुर खड्का (दिनेश) को अध्यक्षतामा बसेको बैठकले असार २० गते सम्म वडा, पालिका र जिल्लाको सदस्य टुङ्गो लगाउने त्यस लगत्तै जिल्ला अधिवेशन गर्न केन्द्रसँग अनुमति लिने तयारी अगाडि बढाउने निर्णय गरेको उपाध्यक्ष जीवन कार्कीले रामेछाप टाइम्सलाई बताए
‘२० गते सम्म सदस्यता टुङ्ग्याउने र त्यस लगत्तै जिल्ला अधिवेशन गर्ने प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ’ उपाध्यक्ष कार्कीले भने ।
हाल रामेछापमा ७ सय ७९ जना सदस्य तरुण दलमा आबद्ध रहेका छन् । भोलि आइतबार देखि नयाँ सदस्यहरू लिन सकिने र पुराना सदस्यहरूले नवीकरण गरी सदस्यता बन्न सकिने तरुण दलले प्रक्रिया खुल्ला गरेको हो ।
नेपाली काँग्रेसको युवाहरूको एक निकै लोकप्रिय संगठन तरुण दल रामेछापमा मुजबद्ध र बलियो संगठन हो ।