नेपाल बाल संगठन रामेछापको तदर्थ समितिको सभापति बनेका घिमिरेले थाले समिति बिस्तार

१४ असार, रामेछाप । नेपाल बाल संगठन रामेछापको तदर्थ समितिको सभापतिमा केही दिन अगाडि मनोनित भएका युवा सुन्दर घिमिरेले आफ्नो समितिलाई समेत पूर्णता दिन लागि परेका छन् । सोही अनुसार शुक्रवार सचिव र कोषाध्यक्ष मनोनित गरेका छन् ।
रामेछाप नगरपालिका निवासी घिमिरेलाई यही असार ६ गते शुक्रवार केन्द्रीय अध्यक्ष विद्या उपाध्याय न्यौपानेले रामेछापको सभापतिमा मनोनित गरेका थिए । विशेष गरी बालबालिकाको क्षेत्रमा काम गर्ने यो संगठनले संगठनको विधान, २०४९ बमोजिम यथाशीघ्र थप दुई सदस्य मनोनित गर्ने अधिकार तोकेको छ । सोही व्यवस्था अनुसार सभापति घिमिरेले रामेछापकै पवन घिमिरेलाई सचिव र पुरुषोत्तम बुढाथोकी (गेलु) लाई कोषाध्यक्षमा मनोनित गरेका हुन् ।
उनीहरूले केन्द्रको निर्देशन बमोजिम सदस्यता वितरण गर्ने लगाएका जिम्मेवारी तोकिएको छ । साथै, तदर्थ समितिलाई पूर्णता दिँदै ३ महिना भित्र जिल्ला सभाको अधिवेशन गरी जिल्ला कार्यसमिति गठन गर्नु पर्ने व्यवस्था रहेको छ ।
साथै, नेपाल बाल संगठनको विधान २०४९ र केन्द्रीय कार्यालयको निर्देशन बमोजिम अन्य कार्य गर्नु पर्ने र संगठनको नाममा रहेको चल–अचल सम्पत्तिबारे टुङ्गो लगाउनु पर्ने बुझिएको छ । विगतदेखि नै विभिन्न समयमा विभिन्न व्यक्तिहरू यस संगठनको सभापतिको जिम्मेवारीमा आएको बुझिएको छ ।