सांसद कान्छारामको घोषणा ‘तीन महिना बराबरको आफ्नो सेवा सुविधा बाढी पीडितलाई दिन्छु’

| असार २५, २०८२ बुधबार

A A A
A A A


२५ असार, रामेछाप । नेपाली काँग्रेस रामेछापका पार्टी सभापति एवं सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले आफ्नो सेवा सुविधाबापत प्राप्त हुने रकम रसुवाका बाढी पीडितलाई उपलब्ध गराउने भएका छन् । सांसद तामाङले भने ‘म त्यहाँका पीडितहरूलाई मेरो तीन महिना बराबरको तलब भत्ता उपलब्ध गराउँछु ।’

 

बुधवार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै निवर्तमान ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्य मन्त्री तामाङले बाढी पीडितहरूको सेवा सुविधाको लागि उक्त रकम सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । यसरी जनताबाट निर्वाचित सांसद एवं जनप्रतिनिधिहरू मध्ये देशभरिबाटै रसुवा बढी गएपछि व्यवस्थापन गरिएको प्रधानमन्त्री दैविक उद्दार तथा राहत कोषमा रकम जम्मा गर्नेमा रामेछाप काँग्रेसका सभापति समेत रहेका तामाङ पहिलो हुन् । 

 

पछिल्लो समय प्रतिनिधि सभा बैठकमा जनताको आवाज बोल्दै देश तथा विदेशबाट समेत जनताहरूको रोजाइमा परेका सांसद तामाङले बाढी पीडितहरूको पक्षमा सहयोग गर्दै आफूलाई थप जनताको नेताको रूपमा परिचित गराका हुन् । बारम्बार गरिब दुखी जनताको पक्षमा ओकालत गर्दै आएका सांसद तामाङले  पीडितहरूलाई सबै प्रधानमन्त्री, मन्त्री देखि सांसदहरूले सहयोग गर्नु पर्नेमा समेत जोड् दिएका छन्।