रामेछापमा विद्युत् प्राधिकरणलाई प्रयोगकर्ताको आक्रोश पूर्ण प्रश्न: ‘स्विच थिचेको जस्तो दिनमा सयौँ पटक किन बत्ती गाकोगाइ ? (भिडिओसहित)

| असार २६, २०८२ बिहिबार

A A A
A A A

२६ असार, रामेछाप । छिन–छिनमा बत्ती झ्याप–झ्याप गएर हैरान भएपछि रामेछापका जनता आक्रोशित हुँदै विद्युत् प्राधिकरण रामेछापमाथि खनिएका छन् । प्राधिकरण रामेछापले भने आजदेखि समस्या हल हुँदै जाने दाबी गरेको छ । 

 

बिहीबार जिल्ला प्रशासन कार्यालय रामेछापको आयोजनामा रामेछापको पुरानो सदरमुकाम रामेछाप स्थित रामेछाप नगरपालिकाको सभा हलमा आयोजित ‘जिल्लाका सरकारी कार्यालयहरूको छलफल’ मा प्रश्न गर्दै स्थानीयहरूले ‘स्विच थिचेजस्तो झ्याप–झ्याप किन बत्ती गएको ? के कारणले गर्दा यस्तो भएको हो ? कहिले सम्म यस्तो हुन्छ ? यो समस्या यहाँको मात्रै हो कि अन्तकतै ले गर्दा ?’ जिल्लाबाट समस्या भएको भए तत्काल समाधान गर्न लाग्न आग्रह गर्दै माथिल्लो निकायबाट समस्या भएको भए कहाँ कसको कारण समस्या भएको प्रस्ट जवाफ दिन स्थानीयहरूले चेतावनी नै दिए । 

‘यो प्रश्न मात्रै हैन आक्रोश हो’, विद्युत् वितरण केन्द्र मन्थलीका कार्यालय प्रमुख दीपेन्द्र बुढाथोकी लगायत प्राधिकरणका कर्मचारीहरूको ध्यानाकर्षण गर्दै प्रश्नकर्ताले सोधे यो समस्याले गर्दा मेरो कार्यालयका युपिएस्, ब्याट्रीहरू दर्जनौँ जलिसके त्यो त्यसको क्षतिपूर्ति कसले दिन्छ ?

 

अर्का प्रश्न कर्ताले पनि दिनमा सय पटक मात्रै हैन हजार पटक जान्छ ? स्विच थिचेर बत्ती मारेको जस्तो के हो यो ? कहिले सम्म यो समस्या ?

 

प्रश्नै प्रश्नको शब्द जालमा घेरिएपछि प्राधिकरण रामेछापका प्रमुख बुढाथोकीले भने वितरण केन्द्रको मात्रै समस्याले त्यो समस्या नभएको तर्क गर्दै केही दिन भित्र उक्त समस्या समाधान हुने दाबी गरे । उनले भने ‘रामेछाप अस्पतालको लागि छुट्टै लाइनको व्यवस्थापन, सिन्धुली–ढलकेवारबाट आउने लाइन यी सबैको टेक्निकल इस्वयूले गर्दा यस्तो भएको हो । त्यो आज, भोलिबाट अलि कम हुने गरी काम गर्दै छौँ ।’ 

मिलन घिमिरे (बि क)
| पुस २०, २०८१ शनिबार