काँग्रेस सचिव खड्का भए ‘गुरु’, भव्य कार्यक्रममा सम्मान, उनकै नाममा फाउण्डेशन पनि दर्ता

| असार २७, २०८२ शुक्रबार

A A A
A A A

२७ असार, रामेछाप । ‘गुरु पूर्णिमा’को विशेष अवसर पारेर रामेछापको मन्थलीमा एक विशेष कार्यक्रमका बिच ‘कुलायन गुरु दीपक खड्कालाई भव्य सम्मान गरिएको छ।  विभिन्न ठाउँबाट भेला भएका जातीय कूल ‘दैविक शक्ति’ ले रुचाएका चेलाहरूले नेपाली काँग्रेस रामेछापका पार्टी सचिव समेत रहेका खड्का भव्य सम्मान गरी उनकै नाममा फाउण्डेशन समेत दर्ता गर्ने लागेको उद्घोष गरेका छन् । 

 

बिहीबार भएको सम्मान तथा चेला परिचय कार्यक्रम सयौँ चेला र भक्तजनहरूको उपस्थितिमा खड्कालाई माला, टीका र नगदसहित सम्मान गरिएको हो । गाउँ–गाउँमा पुगेर विभिन्न थरहरूको कूल पूजा (देवाली) निःशुल्क रूपमा गराएर कूलको सम्मान र हौसला बढाउन भूमिका खेलेको भन्दै नेता खड्कालाई चेलाहरूले संयुक्त रूपमा ‘गुरु’ स्वीकार गर्दै भव्य सम्मान गरेका हुन् । 

 

 

रामेछापसहित विभिन्न जिल्लाबाट समेत भेला भएका चेलाहरूले  ‘‘दीपक कुलायन गुरु संयुक्त चेला फाउण्डेशन’ समेत दर्ता गरी कूल देवताहरूको नाममा विभिन्न धार्मिक कार्य गर्ने प्रक्रिया बिहीबारै उद्घोष गरिएको हो । 

 

 

 को स्थापना प्रक्रिया पनि औपचारिक रूपमा सुरु गरिएको घोषणा गरेको छ। फाउण्डेशनमार्फत समाजमा आध्यात्मिक चेतना, सेवामूलक कार्य र सांस्कृतिक पहिचान प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ।

 

कार्यक्रममा विभिन्न चेलाहरूले गुरु दीपक खड्काको योगदानको चर्चा गर्दै उनको नेतृत्वमा आध्यात्मिक मार्गदर्शन पाएका अनुभवहरू सुनाए । 

 

मन्थली नगरपालिका–१ स्थित नगरको सभा हलमा सम्पन्न कार्यक्रमले गुरु–चेला सम्बन्धलाई अझ सशक्त बनाएको सहभागीहरूको भनाइ छ।

 

कार्यक्रमको समापनमा गुरु खड्काले उपस्थित सबैप्रति आभार प्रकट गर्दै आगामी दिनमा फाउण्डेशन मार्फत सेवा, संस्कार र समर्पणको मार्गमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।