रुख ढलेर थिच्दा लखनपुरको जनता आविको मन्दिर र ट्रस भवनमा क्षति पुग्यो

| साउन १, २०८२ बुधबार

A A A
A A A

३२ असार, रामेछाप । रामेछापको दोरम्बा शैलुङ्मा वर्षासँगै चलेको हावाहुरीले रुख भाँच्दा विद्यालयमा क्षति गरेको छ । पालिका वडा नं ६ लखनपुर स्थित जनता आधारभूत विद्यालयमा विद्यालय परिसरको ठुलो रुख बाँच्दा करिब ३ लाख बढीको क्षति भएको विद्यालयका प्रधानाध्यापक बलाराम गौतमले रामेछाप टाइम्ससंग बताए ।

 

मंगलबार राति भीषण वर्षासँगै चलाको हावाहुरीले भाँचेको रुखले थिच्दा आविको भूकम्पपछि निर्मित दुई कोठे ट्रस, विद्यालयसंगैको सरस्वती मन्दिर र बालबालिकाले खेल्ने चिप्लेटी लगाएका संरचना काम नलाग्ने गरी भत्किएको प्रधानाध्यापक गौतमको भनाई छ । 

 

 

रुखले थिचेर भत्किएको संरचनाको स्थलगत निरीक्षण गरिएको बताउँदै सोही वडाका वडा अध्यक्ष टिका प्रसाद गौतमले रुखले किच्दा विद्यालयमा अन्दाजी ४ लाख बराबरको क्षति भएको बताए । ‘रुखले क्षति गरेको हो । आजबाट विद्यालय बन्द भएको हुँदा त्यस्तो ठुलो प्रभाव छैन । १–२ दिन भित्र त्यो सरसफाइ लगाएको काम गर्छौँ ।’

 

दोरम्बाको जनता आविसहित जिल्लाका अधिकांश विद्यालयहरू बुधवार देखि आगामी साउनको १५ गते सम्मको लागि बर्खे बिदा भएका छन् ।