सुकाजोरका वडा अध्यक्ष र ‘सिडिओ’ थापाले अशक्त खत्रीलाई घरमै पुगेर दिए नागरिकता, ६ बजे पनि सेवा दिइरहेका छन् कर्मचारी

| साउन ९, २०८२ बिहिबार

A A A
A A A

८ साउन, रामेछाप । केही महिना अगाडि रामेछापको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा आएदेखि नै नागरिकहरूलाई घरदैलो मै सेवा प्रवाह गरिनु पर्नेमा जोड् दिँदै आएका प्रमुख जिल्ला अधिकारी (प्रजिअ/ सिडिओ) श्याम कृष्ण थापाले शारीरिक रूपमा अशक्त एक व्यक्तिलाई घरमै पुगेर नागरिकताको प्रमाण पत्र प्रदान गरेका छन् । 

 

बिहीबार प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले सोही वडाका वडा अध्यक्ष समीर कार्की र नासु लक्ष्मण भुजेलसहित रामेछाप नगरपालिका वडा नं ७ सुकाजोर घरमै पुगेर शारीरिक रूपमा अशक्त १७ वर्षीय टिकाबहादुर खत्रीलाई नागरिकताको प्रमाणपत्र प्रदान गरेको नासु भुजेलले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

नागरिकहरूले आफू बसिरहेको ठाउँमै सेवा प्रवाह सहज र सरल रूपमा प्राप्त गर्नु पर्ने धारणा राख्दै आएका सिडिओ थापाकै नेतृत्वमा बुधवार देखि राष्ट्रिय परिचय पत्र सुनापति–५ बाट धमाधम अफलाइन डाटा कलेक्सन र फोटो खिच्नेसहित बनेर आएका डिजिटल कार्ड वितरण समेत गरिरहेका छन् ।

 

नयाँ आर्थिक वर्ष २०८२/०८३ लागू भयसँगै जिल्ला प्रशासनमा पनि सामाजिक सुरक्षा भत्ता नवीकरण लगायतका कार्यमा अनिवार्य जस्तै बन्दै गएको राष्ट्रिय परिचय पत्र वितरण र सङ्कलनको भीड लाग्न थालेको छ । यसरी पुगेका सेवाग्राहीलाई साँझ ६ बजे सम्मै कार्यालयमा कर्मचारी खटेर भए पनि सेवा प्रवाह गरिएको पाइएको छ ।