गत आवमा रामेछाप प्रहरीले ५८ रोपनी जग्गामा लगाएको गाँजा फाँडेर नष्ट गर्‍यो, २३० ग्राम बरामद

| साउन ९, २०८२ बिहिबार

फाइल फाेटाे
A A A
A A A

८ साउन, रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले एक आर्थिक वर्ष (०८१/०८२) मा अवैध रूपमा लगाइएको ५८ रोपनी जग्गाको गाँजा फडानी गरेको जनाएको छ । 

 

बुधवार मिडियालाई दिएको जिप्रका रामेछापको रिपोर्ट अनुसार ११ हजार २५६ क्षेत्र फलमा अवैध रूपमा लगाइएको गाँजा फाँडिएका/नष्ट गरेको हो । जिल्लाका विभिन्न स्थानमा स्थानीयहरूले घरायसी प्रयोजनको लागि लगाएका एवं आफै उम्रियाका समेत प्रहरीले शान्ति सुरक्षालाई ध्यानमा राख्दै नष्ट गरेको स्थानीयहरूको भनाई छ । 

 

सो आर्थिक वर्षमा अवैध रूपमा ओसारपसार भएको भन्दै गाँजा सम्बन्धी एउटा मुद्दा प्रहरीमा दर्ता समेत भएको छ । भने, २३० ग्राम गाँजा समेत प्रहरीले बरामद गरेको जानकारी दिएको छ । 

 

पछिल्लो केही वर्ष यता माथिल्लो निकायमा गाँजाबाट विभिन्न उत्पादन मूलक वस्तुहरू उत्पादन र बजारीकरण गर्न सकिने प्रशस्त सम्भावना रहेको भन्दै गाँजालाई व्यावसायिक र वैधानिक बनाउनु पर्ने बहस भइरहेका छन् । यद्दयपी यसको टुङ्गो नीति र विधिवत् नलाग्दा प्रहरी भने गाउँ–गाउँमा सहजै फैलिँदै आएको गाँजा नष्ट गर्दै आइरहेको छ । 

 

सोही सन्दर्भलाई जोड्दै जिप्रका रामेछापले समेत गाँजा फडानी गर्न मातहतका निकायलाई निर्देशन गर्दै आइरहेको छ । गाँजाको बिरुवा नै नष्ट गर्दा त्यसको असरबाट जोगाउन सक्ने प्रहरीको दाबी छ ।