खाँडादेवी–९ पिङ्खुरीका वडा अध्यक्ष भण्डारीको धम्की ‘गाडीमा बालेनको फोटो टाँसे वडामा चलाउन पाइँदैन’, यस्तो छ स्पष्टीकरण ?

११ साउन, रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका वडा ९ पिङ्खुरीका वडा अध्यक्षले आफ्नो वडामा चल्ने गाडीमा जनताका लोकप्रिय युवा नेता, र्यापर एवं काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) को फोटो टाँसेर गाडी चलाएको भन्दै ती गाडी चल्ने सडकै सफा नगर्ने भन्दै अड्को थापेपछि जनताहरू आक्रोशित भएका छन् । यति बेला बालेनका समर्थकहरूले वडा अध्यक्ष अकलबहादुर भण्डारीको चर्को आलोचना गरिरहेका छन् ।
उनको सो भनाई खाँडादेवीका मात्रै नभएर बालेनका लाखौँ समर्थकले वडा अध्यक्ष निरङ्कूस् बनेको धारणा राखेका हुन् । नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष भण्डारीले भने चौतर्फी आलोचना भएपछि वडाको लेटर प्याडमा आफूले त्यो नभनेको भन्दै पत्र सार्वजनिक गरेका छन् ।
आइतबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमा वडा नं ९ पिङ्खुरीका वडा अध्यक्ष भण्डारीले ‘आफ्नो वडामा चल्ने गाडी चैँ बालेनको फोटो टाँसेर हिँड्ने अनि सडक सफा गर्न भने आफूहरू खटिनु पर्ने’ भनेर वडा सदस्य काल्मान तामाङले एक व्यक्तिसँग गरेको अडियो सहितको भिडिओ बाहिरिएपछि वडा अध्यक्ष भण्डारीले वडाको लेटरहेड्को समेत दुरुपयोग गर्दै पत्र सार्वजनिक गरेर ‘आफूले त्यसो नभनेको’ स्पष्टीकरण दिएका हुन् ।
वडा अध्यक्ष अकलबहादुर भण्डारीले वडामा चल्ने गाडीमा आफूहरूको फोटो टाँसेर हिँड्नु पर्ने अनि मात्रै सडक सफा गर्ने भन्न खोजेको मनसायले उक्त भनाई राखेको आय देखिन्छ । आइतबार दिउँसै देखि कसैको सम्पर्कमा नआएका अध्यक्ष भण्डारीले रामेछाप टाइम्ससंग कुरा गर्दै भने ‘मैले त्यसो गरेको छैन ।’ भनेको हैन ।
आफूहरूले वडाको सडक मर्मत÷सफा गर्न कसैसँग नगरेको कुरा वडा सदस्यले बोलेर हिँडेको आरोप लगाउँदै वडा अध्यक्ष भण्डारीले सडक सफा गर्न आजै देखि जेसिब खटाइसकेको भन्दै ‘मैले भनेको छैन वडा सदस्यले के कारण बोल्नु भयो थाहा भएन भने ।’
पछिल्लो समय युवा पुस्तामा सरकारको खरो आलोचना र महानगरमा परिवर्तनशील कर्म गरेर चर्चित मेयर बालेनको तस्बिर गाडीमा टाँसेका चालकलाई नै फोन गरेर यहाँ गाडी चलाउने भए बालेनको फोटो हटाउनु पर्ने सम्मको धम्कीपूर्ण भाषा प्रयोग गरेको सार्वजनिक भिडिओमा प्रस्ट सुनिन्छ ।
यसरी धम्की पूर्ण भाषाको प्रयोग गरी वडा अध्यक्षले निरङ्कुश शब्दावली प्रयोग गरी नागरिकको स्वतन्त्र अधिकारलाई कुण्ठित गर्ने प्रयास गरेकै बचाउमा वडा अध्यक्ष भण्डारीले वडाको लेटर प्याड प्रयोग गर्दै सोमबार आफ्नो बचाउमा पत्र सार्वजनिक गरेपछि झन् सामाजिक सञ्जालमा उनको चर्को विरोध भइरहेको छ ।