बालेनको फोटो टाँस्न नदिने वडा अध्यक्षको बचाउमा युवा संघको तर्क ‘वडा सदस्यको जिब्रो चिप्ल्यो’, आलोचकलाई ‘मनपरी भाडा लिएर लूट मच्चाउनेहको संज्ञा’

१३ साउन, रामेछाप । बालेनको फोटो टाँसेर गाडी चलाए ती गाडी हिँड्ने सडकै सफा नगर्ने धम्किए दिएर चौतर्फी आलोचनामा परेका नेकपा एमाले खाँडादेवी गाउँपालिकाका नेता एवं वडा अध्यक्ष अकलबहादुर भण्डारीको बचाउमा उत्रिँदै एमालेको भातृ संगठन युवा संघ खाँडादेवीले ‘कल रेकर्ड गर्दै छन् भन्ने थाहा भएको भए सायद वडा सदस्यले त्यस्तो भन्दैन भिए होला’ भनेको छ ।
तीन दिन अगाडि पालिकाको वडा नं ९ पिङ्खुरीका वडा सदस्यले आफ्नै वडा अध्यक्षले बाटो सफा गरिदिनु पर्यो भनेर भन्दा बालेनको फोटो टाँसेर गाडी चलाउँछन् हामी किन सफा गर्ने भन्दै जवाफ फर्काएपछि उक्त कुरा गाडी चालकहरू सँग फोन गरेर जस्ताको तस्तै सार्वजनिक भएपछि सोमबार वडाको लेटर प्याडमा ‘मैले त्यसो भनेकै छैन’ भन्दै स्पष्टीकरण दिएका वडा अध्यक्ष भण्डारीको थप नेकपा एमालेसँग जोडेर चौतर्फी आलोचना भएपछि युवासँग बचाउमा उत्रिँदै सामाजिक सञ्जाल प्रयोगकर्ताहरू माथि नै आक्रोश र चेतावनी दिँदै ‘रेकर्ड सामाजिक सञ्जालमा राखेर अवाञ्छित, अराजनीतिक, कु–नियत भएका स्याल हुईयाँहरुले थप मलजल गरी बदनाम’ गराएको आरोप लगाएको छ । वडा अध्यक्ष भण्डारीको व्यक्तिगत कुरामा वडाको लेटर प्याड दुरुपयोग भएको भन्दै आलोचना भइरहेको छ ।
जिम्मेवार वडा सदस्यले सामाजिक सञ्जालमा वडा अध्यक्ष भण्डारीले ‘कुन नियत र उद्देश्यले’ किन भनेको भन्ने प्रस्ट हुने गरी सामाजिक सञ्जालमा छताछुल्ल भएको धारणाको बचाउ गर्दै युवासंघ खाँडादेवी कमिटीले मङ्गलवार विज्ञप्ति जारी गर्दै भनेको छ ‘सायद कल रेकर्ड गरेको छ भन्ने कुरा थाहा पाएको भए यस्ता कुरा भन्ने पनि थिएन होला’, वडा सदस्यको जिब्रो चिप्लिएको स्वीकार गर्दै युवा संघले ‘कहिले कहीँ गल्ती पनि हुन सक्छ’ भनेको छ ।
सामाजिक सञ्जालमा भिडिओ पोस्ट गर्नेहरूलाई ‘मनपरी भाडा लिएर लूट मच्चाउनेहरू’ को संज्ञा दिँदै चालक/सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले नेकपा (एमाले) पार्टी सँग जोडेर पार्टीलाई, जनप्रतिनिधिहरुलाइ र नेतृत्वहरुलाइ बदनाम गराउने नियत, कोसिस, दुस्साहस वा कुचेष्टा गरेको जिकिर गर्दै युवा संघ पालिका कमिटीले मिलेर बसेका समाजलाई भ्रम फैलाउने, अस्थिरता पैदा गराउने प्रयास गरिएको आरोप लगाएको छ ।
रामेछाप टाइम्सलाई त्यहाँ स्थानीयहरूले बत्ताएसँगै पिङ्खुरीमा वडा अध्यक्ष भण्डारीले भने वडा सदस्यले भनेको शब्द प्रयोग गरेकै हुन् । नाम नखुलाउने सर्तमा वडा अध्यक्ष भण्डारीकै छिमेकीले भने ‘बुढाले त्यसो चैँ भनकै हुन् ।’ स्पष्टीकरण लेख्नु भन्दा पहिले वडामा भएको छलफलमा पनि उनी निःशब्द बनेका थिए । दिनभर अनुहार पन उज्यालो थिएन ।‘