नुप्चे खोलाको बाढीले काठे पुल बगाएपछि काउबौद्धमा लाग्दै आएको जनैपूर्णिमा मेला यो वर्ष नलाग्ने

| साउन १६, २०८२ बिहिबार

फाइल तस्बिर
A A A
A A A

१५ साउन, रामेछाप । जिल्लाको उत्तरी क्षेत्रको उच्च भू–भागमा अवस्थित काउबौद्धमा बर्सौँ देखि लाग्दै आएको जनै पूर्णिमा जात्रा यो वर्ष नलाग्ने पक्का भएको छ । त्यस क्षेत्रमा निर्माणाधीन जल विद्युत आयोजनाहरू थपिँदै जाँदा गएको असार २२ गते भीषण बाढीसहित केही ठुला पोखरीहरू फुटेर बौद्ध जाने मुख्य मार्ग पूर्ण रूपमा बन्द हुँदा यो वर्ष मेला रोकिने भएको हो । 

 

सोमबार बिहान उमाकुण्ड गाउँपालिका वडा नं १ गुम्देलको लाछेवरमा त्यहाँका स्थानीयहरूको एक छलफलबाट यो वर्ष ‘काउँबौद्धमा’ जनै पूर्णमा मेला नलगाउने निर्णय गरिएको स्थानीय लाक्पा शेर्पाले रामेछाप टाइम्सलाई बताए । ‘त्यहाँ सम्म जाने मुख्य नुप्चे खोलाले भीषण बाढी पछि थापेको पुल पनि बगाएर अहिले काठे पुल पनि थाप्न नसक्ने भएको छ’, त्यसैले यो झरीमा पुल थाप्न पनि सकिन्न त्यसैले यो वर्षको जात्रा रोकौँ भन्नेमा हामी पुगेका हौँ’ शेर्पाले असोजमा क्षमा पूजासहित बाढी घटेपछि पूजा गरिने स्थानीयहरूको निर्णय भएको सुनाउँदै भने ‘जनै पूर्णिमा रोक्यौँ’ ।

 

शेर्पाका अनुसार असार २२ गते तालहरू फुटेको केही दिन पछि त्यहाँका चौँरी पालक कृषकहरूले नुप्चेखोलामा थापेको पुल दुई दिनमै बगाएपछि पुनः पुल थाप्न नसक्ने स्थिति देखेर माले रोक्नु पर्ने निधोमा पुगेका हुन् । मेला नरोक्ने भन्दा टाढा–टाढाबाट दर्शनार्थीहरु आउलान् । किन दुःख मात्रै दिन भनेर हो’ क्षमा पूजा असोजमा गर्ने गरी रोक्ने निर्णय गरेका हौँ’, स्थानीय चौर पालक कृषक शेर्पाको भनाई छ । 

 

जिल्लाको मानव बस्ती भन्दा निकै माथिल्लो क्षेत्रमा लाग्दै ढुङ्गा मुनिको अवस्थित ९ तल्ले बौद्धमा हिन्दु तथा बौद्ध धर्मालवम्बीहरु समेतको उपस्थितिमा रातभर भव्य मेला लाग्ने गरेको थियो । त्यसको लागि रामेछापसहित दोलखा, सोलुखुम्बु र ओखलढुङ्गा लगाएका दर्शनार्थीहरु त्यहाँ पुग्ने गरेका थिए ।