तामाकोशीमा नुहाउने क्रममा मुगिटारका कँडेल बेपत्ता

| साउन २८, २०८२ मंगलबार

तस्बिर स्रोत छत्र मुग्राती
A A A
A A A

२७ साउन, रामेछाप । रामेछापको मन्थली नगरपालिका स्थित मुगिटार तामाकोशीमा नुहाउने क्रममा एक जना वृद्धा बेपत्ता भएका छन् । उनको खोजी कार्य भइरहेको छ । 

 

आज मंगलबार बिहान करिब ११ बजेको समयमा घरबाट नुहाउन भनी घरबाट निस्किएका ७६ वर्षीय श्रीवंश कँडेल बुडेर बेपत्ता भएको उनका भाइ रामचन्द्र कँडेलले रामेछाप टाइम्सलाई बताए । 

 

‘नुहाउन निस्किनु भएको रहेछ । उहाँ बेपत्ता हुनु भयो, खोजी भइरहेको छ’ कँडेलले भने । 

 

बेपत्ता हुनेमा मन्थली नगरपालिका वडा नं ७ भटौली प्रसाईँ टोल निवास कँडेल हुन् । उनी राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका जिल्ला अध्यक्ष राम चन्द्र कँडेलका दाजु हुन् ।