नेविसंघको यो टिमले रामेछापका विद्यालय–विद्यालय पुगेर  धमाधम सिकाइरहेको छ ‘एआई,रोबोटि्क र ड्रोन’ सम्बन्धी ज्ञान

| साउन ३१, २०८२ शुक्रबार

A A A
A A A

३० साउन, रामेछाप । नेपाली काँग्रेसको विद्यार्थी संगठन (नेविसंघ) का सक्रिय युवा नेताहरूको एक टिमले रामेछापका विभिन्न विद्यालयमा (एआई), रोबोटि्क र ड्रोन सम्बन्धी प्राविधिक जानकारी विद्यालय–विद्यालय पुगेर अहिले गरिरहेको छ । विशेष गरी विद्यार्थीहरूलाई प्रविधिको विकास बारे जानकारी गराउने र उनीहरूलाई प्रविधिबारे सचेत, सतर्क र जानकार गराउने उद्देश्यले नेविसंघ विद्यालयहरू धाएरै बालबालिकाहरूलाई एआई सहितको प्रविधि र विज्ञान सिकाई रहेको हो । 

 

कोटेश्वर क्याम्पसको विशेष सहयोगमा (नेविसंघ) का स्ववियु परिषद्का सभापति समेत रहेका रामेछाप गेलुका सञ्जय बुढाथोकीको टिमले जिल्लाका आधा दर्जन विद्यालयका बालबालिकालाई विश्वभर लोकप्रिय र आफ्नो प्रभुत्तो जमाइ रहेको एआई, रोबोटि्क, अडिओ, भिडिओसहित दृश्य कैद गर्न तीव्र प्रयोग भइरहेको ड्रोन समेतको आधारभूत ज्ञान धमाधम सिकाइरहेको नेविसंघ रामेछापका युवा नेता युवराज बुढाथोकीले रामेछाप टाइम्सलाई बताए । ‘हामी विद्यार्थीलाई रोबोटिक, एआई र ड्रोन बारेमा सामाग्री सहित एउटा टिमैले सिकाइ रहेका छौँ ।’

‘यो कार्यक्रमबाट विद्यार्थीहरूलाई ‘टेक्नोलोजी र विज्ञानसंघ’ प्रत्यक्ष रुपैमा जोड्नु हो’, भन्दै नेविसंघ रामेछापका मन्थली क्याम्पसका इकाई सभापति समेत रहेका बुढाथोकीले भने ‘यो कार्यक्रम सञ्चालन यहाँका स्थानीय सरकारले पनि विशेष चासो दिएको पायौँ । पालिकाका अध्यक्षसहितका जनप्रतिनिधि र नगरपालिकाका विद्यालयमा कार्यक्रम गर्दा नगर प्रमुख आफै उपस्थित भएर कार्यक्रमको प्रति चासो र हौसला बढाउने काम भएको छ।’

 

बिहीबार रामेछाप नगरपालिकाको वडा नं ६ स्थित जनकल्याण माविसहित १० वटा विद्यालयहरूमा यस वर्कसप सम्पन्न भएको सुनाउँदै यो कार्यक्रम सम्पन्न भएका विद्यालयका शिक्षक तथा विद्यार्थीहरू निकै उत्साहित भएको पाएको उनको दाबी छ । ‘शिक्षक र विद्यार्थी दुवै वर्कसपको लागि उत्साहित भएको र चासोका साथ सहभागी जनाएको पाएका छौँ’ । 

 

नेविसंघ मन्थली क्याम्पस इकाईले समेत सक्रिय रूपमा सहयोग गरिरहेको सुनाउँदै इकाई सभापति बुढाथोकीले यो वर्कसपमा नेपाल सरकारबाट प्रज्ञा प्रतिष्ठानमा युवा ‘टेक्निकल एक्पोट्’ (वैज्ञानिक तथा इन्जिनियरको उपाधि सहित सम्मानित) समेत भएका ई.शम्भु आचार्य, ई.प्रतीक महत, दिनेश धुन्जु श्रेष्ठ लगायतको विज्ञ टोलीले विद्यार्थीलाई प्रयोगात्मक कार्य सहित प्रशिक्षित गरिरहेको जानकारी दिए । 

 

अझै केही दिन चल्ने सो कार्यक्रममा धेरै विद्यालयहरुसंग सहकार्य भइरहेको उनको भनाई छ ।