गोकुलगंगा अस्पतालमा पनि ‘स्वास्थ्य बीमाको सुविधा’, अध्यक्ष खड्काको नेतृत्वमा यसरी गरियो ८ बुँदे सम्झौता

०३ साउन, रामेछाप । जिल्ला गोकुलगंगा गाउँपालिका अस्पतालमा पनि स्वास्थ्य बीमा कार्यक्रम लागू भएको छ । अब देखि गोकुलगंगा गाउँपालिकाका बिरामीहरूले बिमाको सेवा लिन आफ्नो पालिका बाहिर धाउन नपर्ने भएको हो ।
पालिकाका जनप्रतिनिधिहरूले जनतालाई बिमासँग जोड्दै स्वास्थ्य उपचारमा थप टेवा पुर्याउनको लागि मेहनतले सार्थकता पाउँदा अब रस्नालुमा ए–क्सरे लगाएका उपचार सेवा समेत उपलब्ध रहेको गोकुगगंगा अस्पतालमा बीमा सेवा लागू भएको पालिका अध्यक्ष काजीबहादुर खड्का (दिनेश) रामेछाप टाइम्सलाई बताए । ‘अब यहाँका नागरिकहरूले पालिकाकै अस्पतालमा बीमाबाट उपचार सेवा पाउँछन् भने यहाँबाट रेफर गरेर पनि बिमा सेवा सहज भएको छ ।’
राज्यले सबै नागरिकलाई स्वास्थ्य बिमासंग जोड्न गरी रहेको पहललाई सार्थकता दिन आफूहरूले थप सक्रिय भएर काम गरिरहेको सुनाउँदै पालिका अध्यक्ष खड्काले अब ज्येष्ठ नागरिकहरूलाई सामान्य उपचारमा सहजीकरण र कुनै अस्पतालमा रेफर गर्न निकै सहज भएको बताए । ‘हामीलाई विश्वास छ पालिकाको यो अस्पताल अब चाँडै सुविधा सम्पन्न पार्छौँ ।’
आफ्नो पालिकासहित उमाकुण्ड गाउँपालिकाका आमनागरिकहरुलाई पनि यो अस्पतालबाट सेवा उपलब्ध गराउन लागि परेको बताउँदै अध्यक्ष खड्काले विभिन्न ८ बुँदे सम्झौता पत्रमा हस्ताक्षर गरेको प्रष्ट पारे ।
पछिल्लो पटक सरकारले थप गरेको २६ वटा स्वास्थ्य बीमा सेवा कार्यान्वयनमा रामेछापको एक मात्रै गोकुलगंगा परेपछि यसै चालु आर्थिक वर्षदेखि स्थानीयहरूले गाउँकै अस्पतालमा बीमाको सेवा पाउने भएका हुन् ।
यो हेर्नुहोस् पालिका अध्यक्ष खड्काको नेतृत्वमा भएको ८ बुँदे सम्झौता ?