राष्ट्रिय सूचना दिवस: रामेछापका सरकारी कार्यालय सूचना दिनै मान्दैनन्, सबै आक्रोशित !

०४ साउन, रामेछाप । रामेछापका सचेत वर्गहरू ले नै सहज सूचनाको पहुँचबाट वञ्चित हुने स्थितिमा रहेको गुनासो गरेका छन् । सूचनाको स्रोतहरू एवं सरकारी कार्यालयहरूले स्वतः प्रकाशन गर्नु पर्ने सूचना समेत प्रकाशन नगर्दा नागरिकहरू आधारभूत तहको सूचनाको पहुँचबाटै टाढिनु पर्ने अवस्था रहेको सरोकारवालाहरूले गुनासो गरेका हुन् । ‘हामी जत्तिको पत्रकार, नागरिक समाज भन्नेको त यो हालत छ’, झन् आम मान्छेको कस्तो होला । उसले के सूचना पाउला’ ?
मंगलबार जिल्ला प्रशासन कार्यालय रामेछापमा राष्ट्रिय सूचना दिवसको अवसरमा आयोजित जिल्लाका सबै सरकारी कार्यालयका प्रमुख, सूचना अधिकारीसहित पत्रकारहरूबिचको अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले कार्यालयहरूबाट सहज विधि सम्वत तरिकाले सूचना प्रवाह नहुँदा समस्या भएको धारणा राखे । सरकारी निकायहरूले नागरिकलाई शु–सूचित गर्नको लागि अनिवार्य रूपमा प्रकाशन एवं प्रचारप्रसार गर्नु पर्ने सूचनाहरू ‘गोप्य राखेर’ नागरिकहरूको हक र अधिकार माथि कुण्ठित गर्ने कार्य गरेकोमा आक्रोशित हुँदै पत्रकार युवराज श्रेष्ठले भने ‘स्वतः प्रकाशन गर्ने सूचना समेत प्रकाशन नगर्ने अनि त्यो सूचना पत्रकारले माग्दा पैसाको बार्गेनिङ गर्न माग्यो भनेर भ्रम छर्ने काम हुन्छ ।’ कार्यालयहरूले नियम अनुसार सूचना प्रकाशन प्रसारण गरेमा पत्रकारले सूचना माग्नु पर्ने अवस्थै नआउने बताउँदै सूचनाको विषयलाई लिएर कर्मचारीले पत्रकारहरूलाई ‘हेयको दृष्टिले’ हेर्ने गरेकोमा चिन्ता व्यक्त गरे । ‘तपाईँहरूले त्यो सूचना सहजै प्रकाशन गर्ने त्यसरी माग्नै पर्दैन थियो’, सूचना माग्ने बित्तिकै बार्गेनिङ्को लागि आयो भनेर फरक तरिकाले हेरिन्छ । बाहिरा चर्चा पनि त्यस्तै गरिन्छ ।’
आम नागरिकलाई शु–सूचित गर्ने उद्देश्यले आवश्यक परेको सूचना माग्दा पत्रकारहरूलाई डिल गर्न फण्डा लिएको जस्ता धारणा कर्मचारी तहबाटै सार्वजनिक फोरमहरूमा बोलिएकोमा आपत्ति जनाउँदै पत्रकार सुमित श्रेष्ठले भने ‘हामी त के रहेछ वास्तविकता बुझ्नको लागि सूचना माग्ने हो, तर कर्मचारीहरू ले नै पैसा नपाएर सूचना मागेको भनेर भन्दै हिँड्दा के हुन्छ ? ’ प्रतिप्रश्न गर्दै पत्रकार श्रेष्ठले भने ‘यदि आवश्यक परेको सूचना माग्दा यस्तो बोल्दै हिँड्ने हो भने त्यो प्रमाणित गरिनु पर्यो ? गलत पत्रकार रहेछ भने ऊ पनि कारबाहीको दायरामा आउनु पर्यो ?’
सरकारी निकायबाट आएका जुनसुकै योजनाहरूको पनि बोर्ड अनिवार्य राख्नु पर्ने विधिलाई लत्त्याउँदै कार्य गरिएकोमा असन्तुष्टि जनाएका गैरसरकारी संस्था महासंघ रामेछापका अध्यक्ष रत्न कँडेलले नियमले दिएको नगर्ने अनि गर्नु पर्छ भन्दा विभिन्न आरोप प्रत्यारोप खेप्नु पर्ने भन्दै आक्रोश पोखे । राज्यका निकायहरू नागरिकहरू प्रति जवाफदेखि हुनु पर्नेमा यहाँका कुनै पनि निकायबाट हुन नसक्नुमा चिन्ता व्यक्त गरेका कँडेलले प्रवाह भएका सूचनाहरू समेत सही र सत्य प्रवाह हुनु पर्नेमा जोड् दिए । ‘कम्तीमा संचालन भएका योजनाहरूको बोर्ड अनिवार्य राखिनु पर्यो’, कँडेलले थपे ‘सहजपुरमा सूचना पाएमा माग्दै को आउँछ ।’
सूचनाको हकका लागि राष्ट्रिय महासंघ रामेछाप शाखाको समन्वय र जिल्ला प्रशासन कार्यालय रामेछापको आयोजनामा आयोजित उक्त अन्तरक्रिया कार्यक्रममा बोल्दै पत्रकार महासंघ रामेछापका अध्यक्ष दीपक कुमार घिमिरे र निवर्तमान अध्यक्ष बद्री नयाँघरेले जिल्लामा पहिलो पटक सूचनाको हकको लागि सरोकारवालाहरू एकै ठाउँमा बसेर चिन्तन मनन् गर्न पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा जवाफ देखि निकायले प्रश्न शून्य हुने गरी काम गर्न जोड् दिए । महासंघ अध्यक्ष घिमिरेले पत्रकारहरूले सूचना माग्दा पैसामा डिल र बार्गेनिङ गर्यो भनेर कर्मचारी तहबाटै उठेका प्रश्नको समाधान खोज्न तयार रहेको प्रतिबद्धता जनाउँदै जिम्मेवार निकायहरूले भावना र मनगढन्ते कुरा गर्दै हिँड्न नमिल्ने जिकिर गरे । सूचना प्रवाहलाई सहज र सरल पार्ने हामी सबैको दायित्व रहेको स्मरण गराउँदै घिमिरे र नयाँघरेले आउँदा दिनमा जोकोहीले मागेको सूचना विधिसंगत ढङ्गले उपलब्ध गराउन आग्रह समेत गरे ।
सो अवसरमा बोल्ने अन्य वक्ता पत्रकारहरूले कार्यालयहरूले प्रकाशन नगरेपछि बाध्य भएर मागेको सूचना पाउन समेत झन्ट बेहोर्नु पर्ने दुखेसो पोखे । ‘सूचना मागेर पनि के गर्नु कहिले पाउने हो रु कति त दिँदै दिँदैनन् । त्यो सूचना नमाग्दिनु पर्यो रु रोकिदिनु पर्यो भनेर १० ठाउँबाट फोन गर्न लगाउने रु लिखित मागेको सूचनाको बारेमा फोन मार्फत, उपस्थिति भएर अनेक झन्जट बेहोर्नु पर्ने अवस्था छ’ वक्ताहरूले भने ‘एउटा कार्यालयमा एक वर्ष हुँदा पनि सूचना पाएको छैन ।’
कार्यक्रमको अध्यक्षता समेत गरेका प्रमुख जिल्ला अधिकारी (सिडिओ) श्याम कृष्ण थापाले पछिल्लो अवस्था हेर्दा पनि यहाँका कार्यालयहरूको सूचना सहजै पाउनेमा कठिनाइ रहेको स्वीकार गर्दै आगामी दिनमा सहज र सरल बनाउन निर्देशन गरी सकेको धारणा राखे । ‘पहिलेको तुलनामा केही सुधार हुँदै गएको छ’ सिडिओ थापाले भने ‘सूचना उपलब्ध गराउने कुरामा कमजोरी छ ।’
आफूलाई लिखित र मौखिक रूपमा समेत गुनासो आइरहेको सुनाउँदै सिडिओ थापाले सञ्चालित आयोजनाहरूको बोर्ड पूर्ण जानकारीसहित राख्नु पर्ने दोहोर्याए । पूर्वाधार विकास गर्दा ल्याब रिपोर्ट जस्तै सूचना प्रकाशनलाई पनि अनिवार्य गर्न आग्रह गर्दै नियामक निकायहरू प्रति जवाफदेखि रहन सचेत गराए । मन्थली र रामेछाप नगरपालिकाका सूचना अधिकारी सहित सबै सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि सहभागी सो कार्यक्रममा बोल्दै सिडिओ थापाले सूचना नागरिकको पहुँचमा पुर्याउन सबैले भूमिका खेल्नु पर्नेमा जोड् दिए ।