चीनले मङ्गल ग्रहमा पठाएको रोभरले खिचेका भिडियोहरु हेर्नुहोस्

| असार १४, २०७८ सोमबार

भिडियो फोटो बिबिसीबाट साभार
A A A
A A A

१४ असार,काठमाण्डाै । चीनको अन्तरिक्ष निकायले जुरोङ रोभर मङ्गल ग्रहको सतहमा हिँडिरहेको भिडियाे सार्वजनिक गरेको छ ।

 

भिडियो चीनले पठाएको रोबोटले जमिनमा जडान गरेको वायरलेस क्यामेराले खिचेको हो । रोबोटले अहिले युटोपिया प्लानिसिया भन्ने क्षेत्रको अन्वेषण गरिरहेको चीनको अन्तरिक्ष निकायलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

 

जोरुङ मङ्गल ग्रहको ४२ दिनमा दुई सय ३६ मिटर गुडेको छ । मङ्गल ग्रहको एकदिन २४ घण्टा ३९ मिनेटको हुन्छ । चीनको अन्तरिक्ष निकाय सीएनएसले प्रेस विज्ञप्ति निकालेर मङ्गल ग्रहमा अवतरण गरेको रोभरले राम्रो काम गरिरहेको बताएको छ ।

 

जुलाई १ तारिख चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको एक सय वर्षको उत्सव पनि हो ।

 

यो उत्सवमा रोभरले मङ्गल ग्रहबाट आशीर्वाद पठाएको सीएनएसको विज्ञप्तिमा उल्लेख छ । भिडियाेमा आवाज पनि सुनिएको छ । वैज्ञानिकहरूले जुरोङले कम्तीमा ९० मङ्गल दिन काम गर्ने आशा गरेका छन् ।

डियोहरु

चीनको जुरोङ रोबट मङ्गल ग्रहमा अवतरण गरेको क्षण

जुरोङ रोबट जमिनको सतहमा क्यामेरा जडेपछि पछाडि सर्दै

अवतरण गरेको स्थान नजिकै पाङ्ग्रा चलमलाउँदै गरेको जुरोङ रोबट