शैक्षिक गुणस्तरमा टेवा पुर्‍याउन भालेपोखरीका विद्यार्थीलाई ट्याक्सुट र शिक्षकलाई टिसर्ट

| भदौ ९, २०८२ सोमबार

A A A
A A A

०९ भदौ, रामेछाप । शैक्षिक गुणस्तरमा टेवा पुर्‍याउने उद्देश्यले श्री कुसुम सामुदायिक सेवा समितिले विद्यार्थीहरूलाई ट्याक्सुट तथा शिक्षकहरूलाई टिसर्ट प्रदान गरेको छ । गर्जाङ्मा चिसो बढ्दै जान थालेपछि त्यहाँका बालबालिकालाई पढाइ प्रति प्रोत्साहित गर्न उक्त सामाग्री वितरण गरिएको वितरक एवं ‘ वरिष्ठ समाजसेवी’को पहिचान बनाएकी कुसुम खड्काले बताइन् । 

 

आफ्ना छोरासहित ट्याक्सुट वितरण गर्दै विद्यार्थीलाई शैक्षिक उपलब्धिमा ध्यान दिन आग्रह गरेकी खड्काले श्री भालेपोखरी आधारभूत विद्यालयका बालबालिकालाई आगामी दिनमा पनि आवश्यक परेको सहयोग गर्ने प्रतिबद्धता जनाइन् । 

गोकुलगंगा युवा सञ्जाललाई समेत सद्भाव स्वरूप १५ थान टिसर्ट सहयोग हस्तान्तरण गरिएको सो कार्यक्रममा गोकुलगंगा गाउँपालिका–१ का वडा अध्यक्ष छात्रबहादुर बस्नेतसहित समितिका संस्थापक अध्यक्ष एवं नेपाल सक्रिय तथा सृजनशील युवा समूह–गोकर्णेश्वरका अध्यक्ष रोशन खड्का, स्थानीय समाजसेवी, अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

 

शिक्षा, युवा, महिला सशक्तीकरण र समाजसेवाको क्षेत्रमा प्रेरणा दिन बेला–बेला सहयोगी कार्य गर्दै आएको कुसुम सामुदायिक सेवा समितिले विद्यालयका स–साना बालबालिकालाई ट्याक्सुट वितरण गर्न पाउँदा खुसी लागेको धारणा राखेको छ । 

 

सबै तस्बिर र समाचार संगम अधिकारी ।