रामेछाप आएर रास्वपा उपसभापति वाग्लेले भने ‘सामाजिक संजाल बन्द गरेर दुई तिहाइको सरकारले देशलाई १८ औँ शताब्दी तिर फर्कायो’
१९ भदौ, रामेछाप । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय उपाध्यक्ष एवं सांसद डा.स्वर्णिम वाग्लेले अहिलेको करिब दुई तिहाई बहुमतको सरकारको औचित्य सिद्धिएको दाबी गरेका छन् । झन्डै दुई तिहाइ बहुमतको नेपाली काँग्रेस र नेकपा (एमाले) को गठबन्धनको सरकारले सामाजिक सञ्जालमाथि एक्कासि प्रतिबन्ध लगाएर अहङ्कार देखाउँदै आफ्नै खुट्टामा आफै बन्चरो हान्ने काम गरेको उनको तर्क छ । सामाजिक संजाललाई बन्द गर्नुको साटो नियमन गर्नु आवश्यक रहेको उनको जोड् छ ।
नागरिकहरूको मौलिक हक र बोल्न पाउने अधिकारलाई रोक्दै सरकारले प्रविधिको दुरुपयोग भयो भनेर बन्द गर्नुको साटो नियमन गर्नु पर्नेमा ‘यो सरकार १८ औँ शताब्दी तीर फर्कने काम गर्यो’ आर्थिक विज्ञको रूपमा परिचित वाग्लेले भने । सरकारको उक्त कदमको रास्वपाले घोर भर्त्सना गरेको जानकारी दिँदै भने ‘सामाजिक संजाल तुरुन्तै नियमन गर्नु आवश्यक थियो । तर, बन्द एवं रोक्नु निकै गलत छ ।’
रास्वपा रामेछाप उमाकुण्ड गाउँपालिकाको केन्द्र प्रितिमा भोलि हुन लागेको पालिका अधिवेशनलाई सम्बोधन गर्ने शुक्रवार बिहान मन्थली आएका उपसभापति वाग्लेले पत्रकारसँग संक्षिप्त भेटघाट गर्दै ‘सरकारले आफ्नो घाँटी नहेरी नागरिकहरूको सेवामाथि रोक लगाउनु अत्यन्तै घातक कार्य गरेको टिप्पणी गरे । ‘प्रविधिको गलत प्रयोग गर्नेलाई कारबाही गरिनु पर्छ तर केपी ओली, शेरबहादुर देउवा र आरजु राणाको नाम उल्लेख गर्दै उपसभापति वाग्लेले भने ‘आलोचना हुन्छ भन्ने बित्तिकै बन्दै गर्दिहाल्ने त ।’
सांसद एवं रास्वपा उपसभापति वाग्ले आफ्नो जिल्ला आएपछि भेट्न पुगेका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) र वाग्ले ।
प्रविधिलाई सही सदुपयोग गर्नुको साटो लोकतान्त्रिक मर्म बोकेको संविधानलाई समेत चुनौती दिने गरी विधिको शासन, शक्ति पृथकीकरण, मौलिक हक अधिकार र आवधिक निर्वाचनलाई कसैले रोक्न नसक्ने उनको भनाई छ ।
रास्वपा रामेछापले भोलि उमाकुण्डमा वृहत् पालिका अधिवेशन गर्दै छ । आज उपसभापति वाग्लेसहितको टोली बाम्तिभण्डार पुग्ने र साँझ प्रितिमा बास बस्ने तयारी रहेको बुझिएको छ । भोलि पञ्चेबाजासहित सांस्कृतिक कार्यक्रमको समेत आयोजनामा रास्वपा उमाकुण्डको पालिका अधिवेशनको तयारी रहेको जिल्ला सभापति रमेश रायमाझीले रामेछाप टाइम्सलाई बताए ।
रास्वपा उमाकुण्डका नेताहरू अरनिको बस रिजर्भ गरेर काठमाडौँबाट अधिवेशनको लागि आजै प्रीति तर्फ हिँडेका छन् । भने, पर्सी आइतबार (रास्वपा) गोकुलगंगा गाउँपालिकामा अपालिका अधिवेशन हुने तयारी रहेको छ । सो अधिवेशनलाई समेत उपसभापति वाग्लेले सम्बोधन गर्ने छन् ।
रास्वपा जिल्ला तहका नेताहरू सहितको जम्बो टोलीका साथ पालिका अधिवेशनको लागि ‘हेब्बिवयट्’ देखाएर यो पालिका अधिवेशनबाट पालिका हाँक्ने नेता चुन्ने दौडमा देखिँदा जिल्ला तहका नेताहरूमा भने केन्द्रीय नेताको आँखामा को पर्ने भन्ने होडबाजी समेत देखिएको पाइन्छ ।