जेन्जी प्रर्दशनः मन्थली नगरका सबै विद्यालयहरूमा परीक्षा स्थगित, आज बन्द

२४ भदौ, रामेछाप । जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिका अन्तर्गतका सबै विद्यालयमा आज शोक बिदा दिइने भएको छ ।
मन्थली माविका प्रअ डाक्टर टंकप्रसाद दाहालका अनुसार मन्थली माविमा अहिले बिहानको कक्षा भए पनि १० बजेदेखि सुचारु हुने पठनपाठन भने आजको दिन बन्द गरिने बारेमा सहमति भएको हो ।
उनका अनुसार हिजो देखि सुरु भएको यो शैक्षिक सत्रको पहिलो परीक्षा सञ्चालन भइरहेको बेला जेन्जीको आन्दोलनमा धेरै विद्यार्थीहरूको हत्या/मृत्य भएको हुँदा आजको परीक्षा ३१ गतेलाई सार्दै आज (मंगलबार) १४ वटै वडाका सबै विद्यालयहरू बिदा दिने र मृतकहरू प्रति सम्मान व्यक्त गर्ने निर्णय गरिएको हो ।
आज मन्थलीमा जेन्जीले मन्थलीमा पनि प्रदर्शन गर्दै छ भने । साँझ नेकपा माओवादी केन्द्रले सबै पालिकाहरूमा जेन्जीको समर्थनमा दीप प्रज्वलनसहितको कार्यक्रम गर्ने तयारी भइरहेको बुझिएको छ।