रामेछापमा दैनिक कति दुध उत्पादन हुन्छ, भोली दुधदही अभाव हुन्छकी हुदैन ?

| असार १४, २०७८ सोमबार

संकेतिक फोटो
A A A
A A A

१५ असार, रामेछाप ।  रामेछापमा आजदेखि दुधजन्य पदार्थको अभाव सिर्जना भएको छ । सोमबारदेखि दही, दुध, आभाव हुन थालेको स्थानीय ब्यापारीहरुले बताएका छन् । 
असार १५ अर्थात् दहि चिउरा खाने दिनको पूर्वसन्ध्यामा जिल्लामा दही, दुधको मात्र अपुग हुने देखिएको ब्यापारीहरुले बताएका छन् । असार १५ मा "मानो रोपेर मूरी फलाउने" दहीचिउरा खाने विशेष दिनको रुपमा मनाइन्छ । तर, जिल्ला सदरमुकाम मन्थलीका दुधजन्य डेरीहरुमा दुध अभाव हुन थालेको जिल्लामै लामो समयदेखि दुधजन्य पदार्थ उत्पादन, वितरण गर्दै आएको चिरञ्जीका संचालक भानु श्रेष्ठले रामेछाप टाइम्सालई बताए ।

 

उनका अनुसार आजदेखिनै दहीको अभाव भएको हो ।  चिरञ्जिवी डेरी जिल्लामै सबै भन्दा धेरै दुध जन्य पदार्थ उत्पादन तथा वितरण गर्ने केन्द्र पनि हो । उसलै दैनिक २ हजार लिटर दुध खपत गर्दै आएको संचालक श्रेष्ठ बताउछन् । 


उनले भने "भोली चै दही अभावै हुन्छ, उत्पादन नियमितै भएपनि माग हत्तै बढ्ने भएकाले अभाव हुन्छ, दैनिक हाम्रो पसलबाट १२ सय लिटरको बिक्री वितरण हुदै आएको हो । तर, भोलीको लागि हामीले १७  सय लिटर दही तयार पारेका छौं । यतीले भ्याउने अवस्था छैन् भने । "

 

उनका अनुसार गत असार ८ गते यता दुध र दही खपत ४ सय लिटरले बृद्धि भएको छ । चिरञ्जिवी डेरीसंग मात्रै १२५ जना दुध जन्यपदार्थ खरिद बिक्रीको लागि जोडिएको संचालक बताउछन् । 


यता रामेछाप डेरिका संचालक केशर पोखरेलले भने-"एकै दिन २० गुणाले माग बढ्ने हुनाले अभाव भएको भन्दै यसलाई अभाव नभनि माग बढेको मात्रै तर्क गरे । उनले जिल्लामा दुधजन्य पदार्थको राम्रो उत्पादन भएको भन्दै खुसी ब्यक्त गरे ।"

 

रामेछाप डेरीले दैनिक ५ सय लिटर दुध जन्यपदार्थ उत्पादन तथा वितरण गर्दै आएको छ । सोडेरीसंग २ सय जना भन्दा बढी किसान जोडिएका छन् । मन्थली नगरपालिकाको वडा नं १,२,३,४,७ र खाँडादेवी गाउँपालिकाका वडा नं ४ पकरवासका किसानहरु प्रत्यक्ष रुपमा जोडिएका छन् ।

 

विगतको वर्षहरुमा भन्दा पछिल्लो वर्षहरुमा कृषि तथा पशुपालमा कृषकहरु आकर्शित भएकाले पनि उत्पादन राम्रो भएको उनको दाबी छ । लकडाउनका कारणले उत्पादित सामाग्रीले बजार नपाउदा छुर्पी बनाएर दुध खपत गरिदै आएको उनले बताए । रामेछाप डेरीको ६५ प्रतिशत सामाग्री हेडौडा निर्यात हुदै आएको उनको भनाई छ । त्यस्तै जिल्लाकै साँघुटार बजार, धोबी, रामेछाप बजार,आसपासका बजारमा पनि सामान निर्यात हुदै आएको उनले सुनाए । 


हाल सदरमुकाम मन्थलीमा दैनिक ३५ सय लिटर हारहारीमा दुध उत्पादन, वितरण हुदै आएको छ । रामेछाप जिल्ला दुध जन्य पदार्थमा आत्मनिर्भर जिलला हो । यहाँ उत्पादन भएका दुधजन्य पदार्थहरु सिन्धुली, ओखल्ढुङ्गा, दोलखा र काठमाडौंमा निर्यात हुदै आएका छन् । कृषिकहरुबाट गाईको दुध ६४ रुपैयाँ ६६ पैसा र भैसीको ७८ रुपैयाँमा ब्यापारीहरुले खरिद् गर्दै आएका छन् ।  
 

रामेछाप टाइम्स
| साउन २७, २०७८ बुधबार