रामेछापमा काँग्रेस, एमाले र माओवादीका भातृ संगठनमा परिचित, आबद्ध र नेतृत्व तहकै युवाहरू ‘जेन्जी’, कहाँ जाने तयारीमा थिए ?

| भदौ २४, २०८२ मंगलबार

A A A
A A A

 २४ भदौ, रामेछाप । रामेछापमा राजनीतिक दलमै आबद्ध युवाहरू र स्वतन्त्र युवाहरूको  बाक्लो उपस्थितिमा (जेन्जी) आन्दोलन निकालिइएको छ । नेपाली काँग्रेसको भातृसंगठन (नेविसंघ), नेकपा (एमाले) को भातृ संगठन (अनेरास्ववियु), नेकपा (माओवादी केन्द्र) को भातृ संगठन अखिल (क्रान्तिकारी) सहितमा आबद्ध भएर सक्रिय रूपमा लाग्दै आएका युवा विद्यार्थीहरूकै सक्रियतामा जेन्जी आन्दोलन अगाडि बढेको हो । काँग्रेस, एमाले र माओवादीका विद्यार्थी नेताहरुनै सडकमा जेन्जी बनेर उर्लिएका हुन् । उनीहरू पार्टी निकट दलमा जिल्ला कमिटी, समिति देखि क्याम्पसका इकाई हुँदै स्ववियु कमिटीका नेतृत्व तहमै रहेका युवाहरू समेत रहेका छन् । 

 

मंगलबार बिहान करिब १०ः १५ बजेदेखि देवकोटा चोकमा उर्लिएका युवाहरूले विद्यार्थी संगठन एक हौँ, नालायक सरकार राजिनाम दे, भ्रचारी सरकार मूर्दाबात, केपी, शेरे, प्रचण्ड रो।।।।देश छोड, सहित नेपाली जनता एक हौँ, जेन्जी एक बनौँ, प्रहरी दमन बन्द गर, नेपाली हामी रहौँला कहाँ नेपालै नरहे, भ्रष्ट्राचारी सरकार, नालायक सरकार जस्ता नारा लगाउँदै देवकोटा चोकबाट कटहरको बोट पुगेर राष्ट्रिय वाणिज्य बैंक अगाडि आएको जेन्जी प्रदर्शनी टोली जिल्ला प्रशासन तर्फ अगाडि बढ्न खोजेको थियो । तर, ठुलो संख्यामा तैनाथ गरिएको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले प्रशासन जान रोक लगाएपछि पुनः देवकोटा चोक हुँदै विनीता चोक पुगेर फर्किएको जेन्जी आन्दोलन प्रहरीसँग ठेलामठेल गर्दै प्रशासन तर्फ छिरेको थियो । प्रहरीको सहमतिमा प्रशासन तर्फ प्रवेश गरेको जेन्जी प्रदर्शनकारीको ठुलो भीडेदेखि सचेत बनेको सुरक्षा बलले भीडलाई प्रशासनको गेट भन्दा १० मिटर अगाडिबाटै फर्कायो । 

प्रशासनको गेटसम्म पुग्ने बल गरेका प्रदर्शनकारीले उग्र रूप लिने सम्भावित परिदृष्यालई आँकलन गर्दै फर्किएको जेन्जी टोली पुनः मन्थली नगरपालिकाको कार्यालय तर्फ मोडिन खोजेपछि कृषि विकास बैकबाट प्रहरीले छेकेको हो । नगरपालिका तर्फ मोडिन खोजेको उक्त टोलीलाई रोक्न प्रहरीलाई हम्य–हम्य भएपछि थप प्रहरी तयार परेको प्रहरीलाई चुनौती दिँदै प्रर्दशनकारीहरुले देवकोटा चोकमा फर्किएर सडकै जाम गर्ने अगाडि लिएर पुनः टोली चोक फर्किएको हो । 

यसरी केही बेर ठुलो संख्यामा देखिएको प्रदर्शनी टोली चोकमा पुग्दा सुरक्षा व्यवस्था कडा र प्रहरी सङ्ख्य थप भएपछि भने आफै कमजोर बन्दै गएको देखियो । जेन्जीहरुको प्रदर्शनी टोली भन्दा प्रहरी बल र दर्शकको मात्रै भीड बढेपछि जेन्जीहरुले खुल्ला रूपमै आफूहरूलाई साथ दिन आह्वान गरे । एक जेन्जीले भने ‘तपाईँहरू मूकदर्शक मात्रै बन्ने हो कि हामीलाई साथ दिने भन्दै अपिल गरेपछि ‘दर्शकहरूले समेत साथ दिने भन्दै भीडमा मिसिए ।

 

पहिलो सांकेतिको आन्दोलन नाम दिइएको उक्त जेन्जी पहिलो आन्दोलनलाई रामेछापमा निरन्तर दिने र आजै बेलुका देवकोटा चोकमा दीप प्रज्वलन गर्ने, भोलि रक्तदान गर्ने जस्ता सचेतना मूलक कार्यक्रमहरूका साथ अगाडि बढ्ने भिडलाई सम्बोधन गरेका डेनिस भण्डारीले उद्घोष गरे ।

रामेछापमा जेन्जीको आन्दोलनलाई राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, राप्रपा नेपालका जिल्ला कमिटीकै नेताहरूले खुलेरै देखिँदा नेकपा (एमाले) जिल्ला कमिटीका केही परिचित नेताहरू समेत आन्दोलनमा सहभागी भएको देखियो । कुनै पार्टीको ‘बिल्ला’ नबोक्ने र उनीहरूको स्वार्थमा आफूहरू प्रयोग नहुने आह्वान भइरहेको बेला अभिभावकको भूमिकामा भन्दै राजनीतिक दलकै नेताहरू मिसिन थालेपछि भने थप सशङ्कित र सक्रिय दुवै बन्दै गएको छ ।