रामेछापमा भोलि बिहान ६ बजेसम्म कर्फ्यु लागू, के–के गर्न पाइँदैन (पत्रसहित)

२५ भदौ, रामेछाप । रामेछापमा भोलि (बिहीबार) बिहान ६ बजे सम्म कर्फूय आदेश जारी भएको छ । प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाबाट केही बेर अगाडि जारी भएको कर्फ्यु आदेशमा बिहीबार बिहान सम्म जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिका र रामेछाप नगरपालिकाका केही क्षेत्रमा कर्फूर आदेश लागू गरिएको उल्लेख छ । यो कर्फूय आदेश मन्थली र रामेछापका विभिन्न ठाउँमा लागू हुँदा सबै स्थानीय तह र वडा कार्यालयहरुमा भने निशेधाज्ञ लागू हुने छ।
प्रशासनले जारी गरेको पत्रमा भनिएको छ ‘जिल्लाको शान्ति सुरक्षाको अवस्थालाई विश्लेषण गरी मिति २५ गते विहान १०ः०० बजेदेखि साँझ ६ः०० बजेसम्म निषेधाज्ञाको आदेश जारी गरिएकोमा रामेछाप जिल्लाभित्रका सबै स्थानीय तहका कार्यालय रहेको स्थान र वडा कार्यालय रहेका स्थानहरुमा निषेधाज्ञालाई निरन्तरता दिँदै २५ गते साँझ ६ः०० बजेदेखि २६ गते विहान ६ः०० बजेसम्म कसैले आवतजावत गर्न, भेला हुन, प्रदर्शन, जुलुस, हुल दङ्गा गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरिएको छ ।’
गएको मध्य राति देखि आज बिहान ६ बजेसम्म लागू गरिएको कर्फ्युलाई दोस्रो पटक थप गर्दै दिउँसो १२ बजेसम्म थप गरेर लागू गराएको रामेछाप प्रशासनले १२ बजेपछि भने कर्फ्युलाई हटाएर ‘निषेधाज्ञा लागू’ गरेको थियो ।
देशव्यापी आन्दोलन चर्चिएपछि रामेछापमा पनि त्यसको प्रत्यक्ष असर र प्रभाव परेको छ । रामेछाप मन्थलीमा हिजोदेखि शान्तिपूर्ण रूपमा जेन्जीहरुको आन्दोलन भयो ।
कर्फूय लागू गरिएका क्षेत्र
मन्थली नगरपालिका वडा नं.२ आकासे पुलदेखि दक्षिणतर्फ मन्थली नगरपालिका र रामेछाप नगरपालिका वीचको सुकाजोर खोला पुल .बिटारसम्म
मन्थली खुर्कोट सडक खण्डको सोलमारी स्थित सुकाजोर खोला पुलदेखि मदनआश्रित चोक हुँदै सानी मदौ (सिसिटिभी) सम्म।
मन्थली नगरपालिका वडा नं. १ का सबै क्षेत्र ।
रामेछाप नगरपालिका वडा नं. ८ भँगेरी देखि गौरीशंकर मा।वि। तथा रामेछाप अस्पताल क्षेत्रभित्र ।