रामेछाप कारागार पूर्ण रूपमा सुरक्षाकर्मीको नियन्त्रणमा, घाइते २ को उपचारको क्रममा मृत्यु, यी हुन् घाइतेहरु (नामावलीसहित)
३ वटा सिलिण्ड पड्काएर आगो लगाउने, अनि फरार हुने योजनामा कैदी
२६ भदौ, रामेछाप । जिल्ला कारागार रामेछाप विभिन्न आरोपमा कैदसाजय भोगी रहेका कैदिहरुले योजनाबद्ध तरिकाले जेलबाट फरार हुन खोजेपछि नेपाली सेनाले गोली चलाएर स्थितिलाई नियन्त्रणमा लिएको छ । बिहीबार सबेरै उठेका कैदीहरूले ग्यासको सिलिन्डर पड्काएर प्रहरी तर्साउने र आफूहरू सोही मौकामा फरार हुने मूर्ख योजना गरेपछि कारागारमा तनाव ग्रस्त बनेको थियो ।
त्यसपछि स्थितिलाई नियन्त्रणमा लिन नेपाली सेनाले चलाएको गोली लाग्दा घाइते भएका दुई जनाको उपचारको क्रममा रामेछाप अस्पतालमा दुई जनाको मृत्यु भएको छ । अन्य १५ जना घाइते भएको छन् । घाइतेको रामेछाप अस्पतालमा उपचार जारी छ । मृत्यु हुनेमा मोरङ जिल्ला घर भई जबरजस्ती करणी मुद्दाको कैदी बन्दी वर्ष ३५ का राज किश्वर यादव र धनुषा साबिक भरतपुर गा.वि.स.१ बस्ने ५८ को कर्तव्य ज्यान मुद्दाका कैदी बिगुरु धोबी रहेका छन् । उनीहरू दुवैको उपचारको क्रममा मृत्यु भएको हो । ३ जना घाइतेहरुको परिचय खुल्न बाँकी छ ।
बुधवार सम्म शान्त रामेछापमा बिहीबार भने गोली चल्न बाध्य भएको छ । गोली चलेपछि प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, नेपाली सेना प्रमुखसहित सबै सुरक्षा निकाहरूसहित पुगेको टोलीले कारागारको निरीक्षणसहित स्थितिलाई पूर्ण रूपमा नियन्त्रणमा लिएर सुरक्षा व्यवस्था कडा परिएको छ ।
३ सय ३४ जना विभिन्न आरोपमा कैद भुक्तान गर्दै राखिएको रामेछाप कारागारमा भएको विद्रोहमा ३ जनाको मृत्य भएको भनिए पनि हाल सम्म दुई जनाको मात्रै मृत्यु भएको हाम्रो स्थलगत निरीक्षणबाट पुष्टि हुन् ।
रामेछाप मन्थलीसहित कारागार रहेको स्थान रामेछाप डाँडामा भीषण वर्षा भइरहेकाले आगोलागिको सम्भावना अब नरहेको देखिन्छ ।
निम्न मृतक कैदी बन्दीहरुको संख्या:-
१. जिल्ला मोरङ घर भई हाल कारागार कार्यालय रामेछापमा ज.ज. क मुद्दाको कैदीबन्दी बर्ष अं. ३०/३५ को राज किश्वर यादब
२. जिल्ल धनुषा साविक भरतपुर गा.वि.स. १ बस्ने बर्ष ५८ को कर्तव्य ज्यान मुद्दामा कैदिबन्दी को बिगुरु धोवी
उपचारर्थ रहेका कैदीबन्दीहरुः
१. वतन नखुलेको बर्ष २९ नारायण बस्यालला.औ.- अवस्था सामान्य
२. वतन नखुलेको बर्ष ४० मनोज हमाल मानव वेचबिखन - अवस्था सामान्य
३. वतन नखुलेको बर्ष ३० को नविन रसाईली ज.ज.क. - अवस्था सामान्य
४. वतन नखुलेको बर्ष ३१ को अरुण साह ज्या. मा.उ.- अवस्था सामान्य
५. वतन नखुलेको बर्ष २३ को बिनोस ढकाल कर्तव्य ज्यान - अवस्था सामान्य
६. वतन नखुलेको बर्ष २८ को श्रवण अधिकारी ज.ज.क. - अवस्था सामान्य
७. वतन नखुलेको बर्ष ३० को महोमद मिया ज.ज.क.- अवस्था सामान्य
८. वतन नखुलेको बर्ष ३५ को चन्द्र बि.क. ज्या.मा.उ. - अवस्था सामान्य
९. जिल्ल उदयपुर बर्ष ३१ को रोहित दनुवार अवस्था सामान्य
१०. वतन, बर्ष नखुलेको रामचन्द्र मण्डल अवस्था गम्भिर
११. वतन, बर्ष नखुलेको हकिम सुनुवार अवस्था गम्भिर
१२. वतन, बर्ष नखुलेको कमल बि.क.- अवस्था गम्भिर
१३. नाख खुल्न बाँकी
१४. नाम खुल्न बाँकी
१५ परिचय खुल्न बाँकी