रामेछापका निजी विद्यालयमा भोलि देखि तय गरिएको परीक्षा अनिश्चित कालको लागि स्थगित

| भदौ २६, २०८२ बिहिबार

सांकेतिक तस्बिर
A A A
A A A

२६ भदौ, रामेछाप । निजी विद्यालयहरू छाता संगठन (प्याबसन) रामेछापले भोलि देखि सुरु हुने भनिएको सबै परीक्षाहरू अनिश्चित कालको लागि स्थगित गरेको छ । 

 

आज बिहीबार एक सूचना जारी गर्दै प्याबसन रामेछापले देशमा देखा परेको असामान्य परिस्थितिका कारण रामेछाप जिल्लामा पनि निरन्तर कर्फ्यु तथा निषेधाज्ञा लागू भइरहेको अवस्थामा तत्काल विद्यालय खोलेर पठनपाठन एवम् परीक्षासम्बन्धी कार्यहरू सञ्चालन गर्न कठिनाइ उत्पन्न भएकोले अर्को सूचना प्रकाशित नहुन्जेल सम्मका पठनपाठन र भोलि देखि तय गरिएका सबै परीक्षा स्थगित गरिएको जानकारी दिएको हो । 

 

यस्तो अवस्थामा विद्यार्थीहरूले घरमै बसेर अध्ययन गर्न र आफ्ना बालबालिकालाई घरमै स्वः अध्ययन, पठनपाठन गराउन समेत प्याबसनले सबै अभिभावकहरूमा अपिल गरेको छ । 

रामेछाप टाइम्स
| भदौ १३, २०८२ शुक्रबार