शिक्षाविद् श्रेष्ठले भने ‘सबैको साथ र सहयोग पाए देशले मुहार फेर्छ, जेन्जी आन्दोलन ऐतिहासिक क्रान्ति’ (भिडिओसहित)

२८ भदौ, रामेछाप । रामेछापका शिक्षाविद्को उपमा पाएका गुञ्जबहादुर श्रेष्ठले सबैको साथ र सहयोग पाए नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा देशको मुहार फेर्ने धारणा राखेका छन् । राणा शासनदेखि २०७२ सालको संविधान जारी भएपछि राजनीतिक दलहरूले चलाउँदै आएको मुलुकको अवस्था सम्म स्मरण गर्दै शिक्षाविद् श्रेष्ठले भने ‘शासन गर्ने व्यक्तिहरूले म नेपाली भू–भागमा शासन गर्दै छु कहिल्यै सोचेनन् र त्यसैको कारण आज देश यो अवस्थामा आएको हो ।’
जेन्जी आन्दोलन नेपालको इतिहासकै ठुलो र ऐतिहासिक आन्दोलन रहेको भन्दै शिक्षाविद् श्रेष्ठले थपे ‘भ्रष्टाचार चरम बिन्दुमा पुग्दा पनि शासकहरूले कहिले पनि सोचेनन् । आर्थिक असमानता बढ्यो । भ्रष्ट्राचार नहुने कुनै ठाउँ थिए । देशका उद्योग धन्दा विदेशी बिचौलियाहरूको कारण बन्द गर्दै बेरोजगारी बढाएर विदेश पलायन बढाउँदै रेमिट्यान्सबाट देश चलाउने क्रममा बढ्दै जाँदाको परिणाम हो ।’
शनिवार पत्रकारहरूसँग कुरा गर्दै नवनियुक्त प्रधानमन्त्री कार्कीमाथि आशा राख्दै सबैको साथ र सहयोग भए देशले मुहार फेर्ने विश्वास व्यक्त गरे । देश युवा वर्गकै रहेकोमा जोड् दिएका शिक्षाविद् श्रेष्ठले जेन्जीले ऐतिहासिक आन्दोलन मार्फत कानूनको उच्च तहको नेतृत्व ल्याएकाले भ्रष्टाचार रोकिँदै अनियमितता रोकिने विश्वास व्यक्त गरे ।
आध्यात्मिक चिन्तन र सोचका साथ सकारात्मक परिवर्तन गर्न सबै दलको साथ लिएर अगाडि बढ्नु पर्नेमा जोड् दिँदै भने ‘सायद यस्तो क्रान्ति कहिले हुँदैन होला ।’
यो हेर्नुस् भिडिओमा