सभापति कान्छारामले उपसभापति कार्कीलाई दिएको कार्यवाहक सभापतिको जिम्मेवारीबाट हटाए, के हो तिक्तता ?

दुई नेता बिच दूरी बढेको आशंका

| असोज ५, २०८२ आइतबार

A A A
A A A

०५ भदौ, रामेछाप । नेपाली काँग्रेस रामेछापका पार्टी सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) ले आफलाई सांसद र ऊर्जा, राज्य मन्त्री समेतको जिम्मेवारी थपिएपछि पार्टीको गतिविधिमा समय दिन नसक्ने र पार्टीलाई चलायमान बनाउनू भन्दै उपसभापति लेखबहादुर कार्कीलाई दिएको कार्यवाहक पार्टी सभापतिको जिम्मेवारी नरहेको जानकारी गराएका छन् । सभापति तामाङ र उपसभापति कार्की बिच केही समय यता आन्तरिक विवाद चर्किएको चर्चाका बिच सभापति तामाङले उपसभापति कार्कीलाई दिएको कार्यवाहक सभापतिको जिम्मेवारी खोसेका हुन् । 

 

आइतबार एक पत्र मार्फत ‘नेपाली काँग्रेस पार्टीको विधान २०१७ को (परिच्छेद ३) को दफा (१२) को उपदफा (७) को (ट) बमोजिम दिइएको कार्यवाहक सभापतिको जिम्मेवारी आजको मितिदेखि नरहेको जानकारी गराइन्छ’, सभापति तामाङले उपसभापति कार्कीलाई दिएको पत्रमा उल्लेख गरिएको छ । उपसभापति कार्कीले पनि पत्र पाएपछि रामेछाप टाइम्ससंग संक्षिप्त कुरा गर्दै कार्यवाहक सभापति पदबाट हरेको बताए । 

 

साथै, सामाजिक संजालमा समेत आफूलाई कार्यबहाक सभापति पदबाट मुक्त गरिएको पत्र शेयर गर्दै उपसभापति कार्कीले सभापति तामाङले आफू विरुद्ध गर्न सक्ने यति मात्रै हो भन्दै टिप्पणी गरेका छन् । 

सभापति तामाङ ऊर्जा राज्य मन्त्रीबाट तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबाट बर्खास्तिमा परेका थिए । भने, पछिल्लो पटक जेन्जी आन्दोलनले निर्माण गरेको प्रधानमन्त्री सुशीला कार्कीले संसद् विगठन गरेपछि सांसद पदबाट पनि स्वतः पद मुक्त भएका छन् । सभापति तामाङले पार्टीको जिम्मेवारीमा फर्किँदै जिल्लामा सक्रिय रूपमा देखिन थालेका छन् । 

 

‘६ महिना रामेछापै बसेर विनियोजित बजेटको ठेक्का लगाएर काम गर्छु’ भनेका सभापति तामाङले जेन्जी आन्दोलनमा काठमाडौंको घरमा क्षति पुगेपछि भदौ अन्तिममा काठमाडौँ गएका थिए । लगत्तै पार्टीको कार्यक्रममै सक्रिय हुन मन्थली फर्किएका सभापति तामाङ संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा जेन्जी आन्दोलनमा गएका विद्यार्थी संगठनका युवा नेताहरूलाई कार्यक्रम हलबाट निकालेपछि चौतर्फी आलोचनामा परेका थिए । 

 

उपसभापति कार्की सहभागी नभएको सो कार्यक्रमबाट विद्यार्थी नेताहरूलाई सभापतिले निकालेको चर्चाका बिच उपसभापति कार्कीले सामाजिक सञ्जाल मार्फत आलोचना गर्दै पार्टीको  नेतृत्वको तर्फबाट क्षमा याचना गरेका थिए । तर, सभापति तामाङले भने उपसभापति कार्की कार्यक्रम हलमा नदेखिएपछि  ‘उपसभापति जी आउँदै हुनुहुन्थ्यो । र्‍यालीमा पनि हिँड्नु भएको थियो । बाटोमा आउँदा आउँदै कता जानु भएछ । सायद सन्चो भएन छ के........रे’ कार्यक्रममा बोल्ने सेडूलमा समेत उपसभापतिको नाम राखिएको देखाउँदै सभापति तामाङले उपसभापति किन आउनु भएन भनेर दोहोर्‍याए । 

 

विगतमा पार्टी चलायमान बनाउन ‘सभापतिको टिम’ भित्रैबाट भूमिका खेलेका कार्की सँगै कार्यक्रममा नदेखिनू र सामाजिक सञ्जालमा उपसभापति कार्कीले पार्टी नेतृत्वका विरुद्ध चरणबद्ध रूपमा आलोचनासहितका प्रश्न गर्नुले सभापति र उपसभापति बिच तिक्तता बढेको बुझिएको हो ।

 

सोही परिस्थिरमा सभापति तामाङले काठमाडौँबाटै कार्यवाहक सभापतिको जिम्मेवारीबाट समेत उपसभापतिलाई मुक्त गर्नुलाई विशेष चासोका साथ हेरिएको छ ।