भोलि सोमबार देखि सबै सरकारी कार्यालय र बैंक तथा वित्तीय संस्थाहरू अनिवार्य सञ्चालन गर्न रामेछाप प्रशासनको निर्देशन

नेपाल सरकारले भने भोलि बिदा दिएको थियो

| असोज १९, २०८२ आइतबार

फाइल फाेटाे
A A A
A A A

१९ असोज, रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले भोलि सोमबार देखि जिल्लाका सबै कार्यालयहरू अनिवार्य सञ्चालन गर्न निर्देशन दिएको छ । प्रशासन कार्यालय पनि भोलिदेखि पूर्ण रूपमा खुल्ने/संचालनमा आउने बताइएको छ । 

 

आइतबार एक पत्र सार्वजनिक गर्दै जिल्ला प्रशासन कार्यालय रामेछापले शनिवार नेपाल सरकारले एक पत्र मार्फत (आज) आइतबार र (भोलि) सोमबार (२ दिन) दिएको सार्वजनिक बिदा लाई फरक पर्ने गरी सोमबार देखि कार्यालय सञ्चालन गर्न निर्देशन दिएको हो । 

 

सरकारले दशैं बिदा सकिने दिन नै विषम परिस्थितिको कारण आइतबार र सोमबार सार्वजनिक बिदा दिएको थियो । तर, रामेछाप प्रशासनले आइतबारै साँझ ५ बजे एक सूचना जारी गर्दै सोमबार २० गतेदेखि सबै सरकारी कार्यालहरुसहित बैंक तथा वित्तीय संस्थाहरू सुचारु गर्न निर्देशन जारी गरेको हो । 

 

प्रशासनले सार्वजनिक गरेको पत्रमा भनिएको छ ‘यस जिल्लास्थित सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान, बैंक तथा वित्तीय संस्थाले समेतले २० देखि अनिवार्य सेवा सुचारु गर्नु÷गराउनु हुन समेत अनुरोध छ।’

मिलन घिमिरे (बि क)
| असोज २१, २०८२ मंगलबार